
काठमाडौं । नेपालमा २३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि निर्देशनालयका अनुसार असारको लगभग अन्तिम सातासम्म नेपाल भरि औसतमा २३ दशमलव ७६ प्रतिशत रोपाइ सकिएको जनाएको छ ।
गत बर्ष असार २२ गतेसम्ममा ५२ दशमलव ९५ प्रतिशत रोपाई सम्पन्न भएको थियो । गत बर्षको भन्दा यस बर्ष रोपाई कार्यमा ढिलाइ भइरहेको कृषि निर्देशनालयले जनाएको छ ।
असार २२ गतेसम्म १ नम्बर प्रदेशमा १८.४५ प्रतिशत, २ नम्बर प्रदेशमा १०.२५ प्रतिशत, ३ नम्बर प्रदेशमा २०.९९ प्रतिशत, प्रदेश नम्बर ४ मा २८.५३ प्रतिशत, प्रदेश नम्बर ५ मा २९.५१ प्रतिशत ,कर्णाली प्रदेशमा ५१ प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत मात्र रोपाइँ सम्पन भएको छ ।
नेपालमा धान रोपाइँ हुने १३ लाख ७१ हजार ७ सय ९ हेक्टर क्षेत्रफल मध्ये हाल सम्म ७ लाख २६ हजार २ सय ९७ हेक्टर क्षेत्रफलमा मात्र रोपाइँ सम्पन्न भएको छ ।
कृषि मन्त्रालयको तथ्यांक अनुसार गत वर्ष यही अवधिको रोपाइँको अवस्था हेर्दा १ नम्बर प्रदेशमा ४१.५९ प्रतिशत, २ नम्बर प्रदेशमा ५३.५७ प्रतिशत, ३ नम्बर प्रदेशमा ४६.९३ प्रतिशत, गण्डकी प्रदेशमा ७२.२५ प्रतिशत, ५ नम्बर प्रदेशमा ५६.१८ प्रतिशत, ६ नम्बर प्रदेशमा ६५.८८ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ८० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यसरी हेर्दा यो वर्ष हालसम्मको अवधिमा गत वर्षको भन्दा २९. १९ प्रतिशत कम हो ।
भौगोलीक अवस्था मध्ये उच्च पहाडमा सबैभन्दा धेरै रोपाइ सम्पन्न भएको छ । कृषि मन्त्रालयअन्तर्गत कृषि विभागले दिएको जानकारी अनुसार उच्च पहाडमा सबभन्दा धेरै ३४ दशमलव ६४ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
त्यसै गरी मध्य पहाडमा ३१ दशमलव १५ प्रतिशत र तराईमा २० दशमलव ६१ प्रतिशत रोपाइ सम्पन्न भएको र गत बर्ष असार २२ सम्म उच्च पहाडमा ६१.६५, मध्य पहाडमा ५५.६१, र तराईमा ५१.५८ प्रतिशत रोपाइ सकिए जानकारी विभागले दिएको छ । धान रोपाइँको जिल्लागत अवस्था हेर्ने हो भने मुगुमा सबैभन्दा धेरै ९७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।
प्रतिक्रिया दिनुहोस