aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

टाटा मोटर्सले सार्वजनिक गर्‍यो बहुप्रतिक्षित माइक्रो एसयूवी, यी गाडीहरूसँग हुँदै छ प्रतिस्पर्धा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
टाटा मोटर्सले सार्वजनिक गर्‍यो बहुप्रतिक्षित माइक्रो एसयूवी, यी गाडीहरूसँग हुँदै छ प्रतिस्पर्धा

काठमाडौँ। टाटा मोटर्सले आफ्नो बहुप्रतिक्षित माइक्रो एसयूवी एचबीएक्सबारे आम मानिसमा रहेको जिज्ञासा अन्त्य गरेको छ। टाटाले सोमबार यसको पहिलो झलक सार्वजनिक गरेको हो। यो एसयूवीको नाम 'टाटा पन्च' राखिएको छ। यो टाटाले उत्पादन गरेको सबैभन्दा सस्तो एसयूवी हुन सक्ने अनुमान गरिएको छ जो धेरै अद्वितीय सुविधाहरूद्वारा सुसज्जित छ।

कम्पनीले यो माइक्रो एसयूभी 'टाटा पन्च' पनि चाँडै लन्च गर्ने योजना बनाएको छ। टाटा मोटर्सको दाबी छ कि यो माइक्रो एसयूभी हरेक दृष्टिले ग्राहकको रोजाइमा गर्नेवाला छ । उल्लेखनीय छ, यो टाटा मोटर्सबाट निर्मित सर्वाधिक सस्तो एसयूवी हुन सक्छ। कम्पनीले २१ अगस्त २०२१ मा आफ्नो सोसल मिडिया पेजको माध्यमबाट एचबीएक्सको पहिलो टीजर भिडियो सार्वजनिक गरेको हो। त्यसमा यो खुलासा गरिएको छ कि यो चाँडै भारतमा माइक्रो एसयूवी लन्च गर्दै छ।

कम्पनीको यो एसयूवी भारतको सडकमा परीक्षणको क्रममा धेरै पटक देखीएको छ। त्यसैले टाटा पञ्चको विशेषता र सुविधाहरूको बारेमा धेरै नै चर्चा छ। अघिल्लो वर्ष टाटा पञ्चको कन्सेप्ट मोडेल कम्पनीले अटो एक्स्पोमा प्रदर्शन गरेको थियो।

यो टाटाको पहिलो एसयूभी 'एग्इल लाइट फ्लेक्सिबल एडवांस्ड आर्किटेक्चर'मा आधारित हुनेछ। इम्प्याक्ट २.० डिजाइन अन्तर्गत यसको विकसित गरिएको हो। यो युवा ग्राहकहरू जो एक एसयूवीको सुविधाहरू चाहन्छन् उनीहरूमा लक्षित छ।

टीजरमा देखिन्छ कि टाटा पञ्चका उपभोक्ताले 'टाटा हैरियर' र टाटा सफारी मोडेलको जस्तै डे टाइम रनिंग लाइट्स (डीआरएल) पाउनेछन्। यो डीआरएल तल हेडल्याम्प क्लस्टर हुनेछ। कम्पनीले सङ्केत गरेको छ कि त्यहाँ 'अल इन वान' अर्थात् 'एकै ठाउँमा सबै' हुनेछ जसको मतलब यसको डिजाइनमा धेरै विविधता हुनेछ।

टाटा पञ्चको अपेक्षित रूप र सुविधाहरूको बारेमा कुरा गर्दा यसको टायर र रियर लुक धेरै आकर्षक हुन सक्छ। यो आशा गरिएको छ कि कम्पनीले यसको मूल्य धेरै आकर्षक राख्नेछ। र, यो महिन्द्रा केयुभी १०० र मारुती सुजुकीको इग्निससंग प्रतिस्पर्धा गर्न सक्छ। यसले हुण्डाईको आगामी माइक्रो एसयूभी 'क्यास्पर'सँग पनि प्रतिस्पर्धा गर्न सक्छ।

नेपाली बजारमा समेत यो गाडीले निकै राम्रो रेस्पोन्स पाउने अपेक्षा गरिएको छ। खास गरी नेपाली युवाहरूको पनि एसयुभी चढ्ने रहरलाई यो गाडीले सम्बोधन गर्ने देखिएको छ। भारतीय बजारमा उपलब्ध हुने बित्तिकै त्यही समयमा नेपालमा समेत यो भित्रन सक्ने देखिन्छ। यो गाडीबारे नेपालमा पनि चर्चा धेरै पहिले देखि नै चलेको कारण राम्रो बजार पाउने गाडी व्यापारीले अनुमान लगाएका छन्।   

प्रतिक्रिया दिनुहोस