aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

“डाट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०८ भदौ २०७८
“डाट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक

काठमाडौं । ड्याट्सनले “डाट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको छ । नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले चाँडवाडको अवसर पारेर नेपाली बजारमा “ड्याट्सन फेस्टिभ हट डिल” योजना सार्वजनिक गरेको हो । 

कार खरिद गर्ने व्यक्तिहरुका लागि चाँडवाड एक सुवर्ण मौका पनि हो भन्ने कुरालाई मध्यनजर गर्दै कम्पनीले नेपालीहरुको महान् चाँड दसैंको अवसरमा यो आकर्षक योजना प्रस्तुत गरेको छ ।  

यस योजना मा ग्राहकलाई कूल रु. २०४१५२ बराबरको विशेष सुविधा, रु. १२५००० नगद छुटको साथै कार खरिद गर्नु हुने ग्राहकलाई रु. २७९९९ मूल्य पर्ने रेडमी नोट १० एस प्रदान गरिने छ । साथै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टि तथा सर्भिसिङ्गको व्यवस्था पनि गरिएको छ ।  

ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको छ । यो योजना नेपाल अधिराज्यभर रहेका ड्याट्सन सोरुमहरुमा लागू हुने छ । 

प्रतिक्रिया दिनुहोस