
एजेन्सी। अमिताभ बच्चन र इमरान हाशमी स्टारर बलिउड फिल्म 'चेहरे'को बारेमा अहिले धेरै नै चर्चा छ। फिल्म रिलिज हुनु अगावै यसको प्रचार सामाजिक सञ्जालमा भइरहेको छ। चेहरेको ट्रेलरले पनि राम्रो प्रतिक्रिया पाएको छ।
ट्रेलरमा सस्पेन्स र थ्रिलर दुवै देखिएका छन्। अब यो खबर छ कि बिग बी (अमिताभ बच्चन) लाई यसको स्क्रिप्ट यति मन पर्यो कि उनले फिल्ममा अभिनय गरे बापतको शुल्क लिन अस्वीकार गरेका छन् ।
शुल्क नलिएको कारणले फिल्म निर्माताहरुले फिल्मको ओपनिङ क्रेडिट अमिताभलाई दिएका छन्। चेहरेका निर्माता आनन्द पण्डितलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले यस्तो खुलासा गरेका हुन्। उनले भने, "हामीले अमित जी (अमिताभ बच्चन) लाई मैत्रीपूर्ण उपस्थिति क्रेडिट दियौँ यो ध्यानमा राखेर कि उहाँले कर पुस्तिका दाखिल गर्दा कुनै समस्या नहोस्।" यहाँसम्म पेशेवर र प्रतिबद्ध रूपमा अमिताभ बच्चन यसमा लागे कि उनले सुटिङको लागि जाँदा र फर्कँदा समेत आफ्नै पैसा खर्च गरे।
कि बिग बी आफैँले चार्टर्ड बिमा को अतिरिक्त लागतको लागी पैसा तिरेका थिए । उनले यो विमानको प्रयोग फिल्मको छायाङ्कनका लागि अन्तर्राष्ट्रिय स्थानहरूमा जानका लागी गरेका थिए। अमिताभले फिल्मको टाइटल ट्र्याकमा विशाल-शेखरको साथमा आवाज दिएका छन्। यसअघि उनले फिल्म सिलसिला र अग्निपथमा कविता सुनाएका थिए।
चेहरे रुमी जाफरी द्वारा निर्देशित सिनेमा हो। यसमा अमिताभ बाहेक इमरान, अनु कपूर, क्रिस्टल डिसूजा, धृतिमान चटर्जी, रघुवीर यादव, सिद्धान्त कपूर, रिया चक्रवर्ती पनि छन्। यो फिल्म केही महिना अगाडि रिलिज हुने भनिएको थियो तर कोरोना महामारीका कारण स्थगित गरिएको थियो। अब यो यही शुक्रवार अर्थात् अगस्ट २७ मा सिनेमाघरहरुमा रिलिज हुनेछ।
प्रतिक्रिया दिनुहोस