aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
जावा मोटरसाइकलको डिलर सुर्खेतमा विस्तार

काठमाडौं । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले वीरेन्द्र नगरपालिका–३ मुलपानी, जुम्ला रोड सुर्खेतमा आफ्नो नयाँ डिलर एमपी मोटोहवको स्थापनासँगै जावा मोटरसाइकलको विशिष्ट शोरूम खोलेको छ ।

बिर्तामोड, धरान, इटहरी, विराटनगर, लहान, पोखरा, नारायणघाट, बुटवल, भैरहवा र नेपालगञ्जका विभिन्न शाखा र डिलरहरू भएका स्थानहरूमा सुलभ रूपमा जावा मोटरसाइकलहरू उपलब्ध गराइसकेपछि सुर्खेतमा नयाँ डिलर नियुक्तिसँगै पूर्ण सुसज्जित शोरूम स्थापना गरेको हो ।

अग्नि मोटोइन्क प्रालिका महाप्रबन्धक शरद मिश्रले भदौ ९ गते बुधबार शोरूमको उद्घाटन गरे । उद्घाटनका क्रममा उनले भने, “जावा मोटरसाइकल शहर र राजमार्गहरुमा हाँक्नका लागि निकै आनन्ददायक छ । हामीसँग फरक–फरक व्यक्तित्वलाई सुहाउने फरक–फरक मोडलहरू छन् ।’

एमपी मोटोहबका प्रबन्ध निर्देशक रोशन तिवारीले भने, “हाम्रो थातथलोमा क्लासिक लिजेन्ड्सका जावा मोटरसाइकल ल्याउन पाउँदा हाम्रा लागि गर्वका कुरा हो । हाम्रो सुर्खेत र यसका वरिपरिका क्षेत्रमा मोटरसाइकल प्रेमीहरूका लार्गि यी क्लासिक मोटरसाइकलहरू उपलब्ध गराउन पाउँदा हामी निकै उत्साहित भएका छौं ।’
 

प्रतिक्रिया दिनुहोस