
काठमाडौँ। चौधरी समूहले आयोजना गरेको 'बाई बाई जिंगल रिमिक्स प्रतियोगिता'का विजेताहरू बुधवार पुरस्कृत भएका छन्। प्रतियोगितामा सहभागी भएका ६२ वटा जिंगल मध्ये सुनसरीका सम्राट् भट्टराईले गरेको रिमिक्स उत्कृष्ट भएको छ। उनलाई सो समूहका निर्माण चौधरीले पुरस्कार राशि १ लाख रुपैयाँ एक समारोह बिच हस्तान्तरण गरेका छन्।
सहभागी मध्ये उत्कट १० मा परेका प्रतिभाहरूलाई समेत चौधरीले व्यक्तिगत तर्फबाट प्रोत्साहन स्वरूप हरेकलाई २५ हजार रुपैयाँ उपलब्ध गराएका थिए। सो समारोहलाई सम्बोधन गर्दै उनले चौधरी समूहले मुलुकका विभिन्न भागमा लुकेर रहेका प्रतिभाहरूको खोजी गर्न यस्ता प्रतियोगिताहरू आयोजना गर्ने गरेको जानकारी दिए। उनले भने, "हामी प्रतिभाको खोजी र प्रवर्द्धनमा सदैव लागि परेका छौँ। यो प्रतियोगिता पनि त्यसैको निरन्तरता हो। "
विगत २० वर्षदेखि बाई बाइ नेपाली गीत सङ्गीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहनका लागि नेपालभर क्रियाशील रहँदै आएको सो कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख गरिएको छ । हाल सुलभ तथा नवीन प्रविधिहरू एवं तीव्र गतिको इन्टरनेट सगसगै नेपालमा युवा प्रतिभाहरूको उदय भइरहेको चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा चर्चा गरिएको छ।
त्यसै गरी, विज्ञप्तिमा लेखिएको छ , "स्टुडियोहरू पनि व्यापक रूपमा स्थापना भइरहेका छन्। तर, दुर्भाग्यवश धेरै जना उनीहरूमा भएको प्रतिभा उजागर गर्ने अवसरबाट वञ्चित छन् प्रायजसो काठमाडौँमै भएका प्रतिभाहरूलाई उपयोग गर्नमा केन्द्रित हुने गरेको पाइन्छ।"
यस्तो परिस्थितिलाई तोड्ने लक्ष्यका साथ बाई बाइले विश्व सङ्गीत दिवस २१ जुन २०२१ को अवसर पारेर हामी सबैको बाई बाइ जिंगल रिमिक्स प्रतियोगिता सञ्चालन गरेको थियो । प्रचलनमा रहेको सामाजिक सञ्जालको व्यापक प्रयोग गर्दै हामीले युवा वाद्यवादकहरु गायक गायिकाहरू र संगीतकारहरुलाई नेपालभरबाट सहभागिता जनाउन उनीहरूद्वारा रिमिक्स गरिएको मूल जिंगललाई हामी सबैको बाइबाई जिंगल रिमिक्स प्रतियोगिता पेजमा प्रेषित गर्न आव्हान गरेका थियो ।
एक महिनासम्म सञ्चालन गरिएको यो प्रतियोगिता गएको जुलाई २१ मा समाप्त भएको थियो। यो प्रतियोगितामा सहभागी बन्नका लागि युवाहरूलाई प्रेरित गरेर यस्तो भिन्न किसिमको प्रतियोगीताकलाई सफल बनाउन योगदान गरिदिनु भएकोमा ख्यातिप्राप्त गायकहरू जेम्स प्रधान, सञ्जय श्रेष्ठ, नवीन भट्टराई र रोहित क्षेत्रीले सहयोग गरेका थिए।
प्राप्त रिमिक्स जिंगलहरुमा भएको साङ्गीतिक विविधताले झनै अचम्मित बनाइदिएको छ चौधरी ग्रुपले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यी रिमिक्स जिंगलहरूमा गरिएको सङ्गीत सिर्जनाहरू र्याप देखि पप सम्म रहनुका साथै स्थानीय शास्त्रीय सङ्गीतसम्मको विविधतायुक्त थिए ।
यसका साथै काठमाडौं उपत्यका बाहिरबाट प्राप्त सिर्जनाहरू पनि उत्पादनको दृष्टिकोणले प्राविधिक हिसाबले र व्यावसायिक स्तरले समेत उत्कृष्ट हुनु साँच्चिकै प्रेरणादायी एवं उत्साहवर्द्धक थियो। रिमिक्स गीतहरूमा देखिएका नव प्रतिभाहरूको लगावले हामीलाई नेपालभरका नेपाली सङ्गीत र सङ्गीतकारहरूले निरन्तर संस्थागत साथ प्राप्त गर्ने हो भने उनीहरू सफल हुन सक्छन् भन्ने देखिएको छ ।
प्रतिक्रिया दिनुहोस