aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

उपत्यकामा तीन दिन 'मोटरहेड विई केयर क्याम्प' सञ्चालन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०९ भदौ २०७८
उपत्यकामा तीन दिन 'मोटरहेड विई केयर क्याम्प' सञ्चालन हुने

काठमाडौं। मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आगामी भाद्र १३ देखि १५ गते सम्म ३ दिन सर्भिसिंग क्याम्प सुरु गर्ने भएको छ। सो कम्पनीले जनाए अनुसार हाल काठमाडौं उपत्यकाको बालाजु, धोवीघाट र सल्लाघारीमा रहेको मोटरहेडको तीनवटा थ्रीएस सेन्टरमा यो क्याम्प सञ्चालनमा रहने छ। 

कम्पनीले यी सबै सर्भिस सेन्टरमा हुने सर्भिस क्याम्पमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि दिने लक्ष्य राखिएको सर्भिस हेड विवेक पञ्जियारले बताएका छन्। सो अवसरमा दक्ष इन्जिनियर र मेकानिक्सद्वारा विभिन्न चेकजाँच गरिने छ । यस अवसरमा ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत, पार्ट्स खरिदमा १५ प्रतिशत र लुब्रिकेन्टको खरिदमा ५ प्रतिशत छुट प्रदान गरिनुका साथै विशेष उपहार समेत प्रदान गरिने बताइएको छ । 

मोटरहेडले हालै धादिङ र मन्थलीमा थ्रीएस सेन्टरको शुभारम्भ गरेको छ । यो भन्दा पहिले काठमाडौं उपत्यकाको धोविघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा उपत्यका बाहिर इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बागलुङमा थ्रीएस सेन्टर रहेको छ । 

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । 

अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टायर र स्पोर्ट्स रोड टायरको मूल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस