aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

नयाँ टाटा सफारी अब नेपालमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
नयाँ टाटा सफारी अब नेपालमा

काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले नेपालमा प्रमुख प्रिमियम एसयूभी नयाँ टाटा सफारीको आजदेखि नेपाली अटो बजारमा सार्वजनिक गरेको छ । यस नयाँ टाटा सफारीको शुरुवाती मूल्य ८१ लाख ९९ हजार रहेको छ । 

७ सिट क्षमताको यस गाडी आरामदायी, उत्कृष्ट कार्यक्षमता र शानको बेजोड सम्मिश्रण हो । आधुनिक युगका शक्तिशालि एवं आकर्षक एसयूभी रुचाउने ग्राहकहरुलाई नयाँ सफारीले आकर्षित गर्ने कम्पनीले जनाएको छ । 

साहसिक व्यक्तित्व (एडभेन्चर पर्सोना) झलक दिने नयाँ सफारीको डिजाईन ग्राहकहरुको ईच्छा र आकांक्षा अनुरुप आकर्षक, बलियो र “स्पोर्टी” रहेको छ । “ट्रोपिकल मिस्ट” रंग स्किममा उपलब्ध नयाँ सफारी भारतका विविध प्रकारका भू–भागमा प्रशस्त पाइने वनस्पतिहरुको सौन्दर्यबाट प्रभावित/ प्रेरित छ । नेपाल पनि यस्तै वनस्पतिहरुले भरिपुर्ण भएकोले नयाँ सफारी यहाँको लागि पनि अत्यन्त सुहाउदो रहेको छ ।  

सिप्रदीको नेपालभर रहेका टाटा मोटर्स्का शो–रुमहरु मार्फत नयाँ सफारी अवलोकन तथा टेस्ट ड्राइभको लागि उपलब्ध रहेको छ । ओमेगा आर्किटेक्चरमा तयार पारिएको यस गाडीको डिजाईन कार्य क्षमताको दृष्टिकोणले उत्कृष्ट छ भने यसमा प्रख्यात जेएलआर पेडिग्री जस्तो उच्च कोटीको प्राविधिक गुणहरुको प्रयोग गरिएको छ । यसैगरी, आकर्षक डिजाइन भएको यस गाडीका अन्य विशेषताहरु पनि सर्वोत्कृष्ट रहेका छन् ।  

नयाँ टाटा सफारीले अत्यन्त द्रुत गतिमा अगाडि बढिरहेको एसयूभी बजारमा टाटा ब्रान्डको छविलाई अझै नँया उचाइमा पुर्याउनेछ । भारतमा ६ महिना भन्दा पनि कम अवधिमा नै १० हजार वटा भन्दा बढी नयाँ टाटा सफारीको उत्पादन भइसकेको छ ।  
 

प्रतिक्रिया दिनुहोस