aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा तीन दिन मोटरहेड विकेयर क्याम्प सञ्चालन हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १० भदौ २०७८
उपत्यकाका तीन वटै सर्भिस सेन्टरमा तीन दिन मोटरहेड विकेयर क्याम्प सञ्चालन हुने

काठमाडौं । मोटरहेड मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक एसएलआर टेक्नो एन्ड ट्रेडले आगामी भाद्र १३ देखि १५ गतेसम्म ३ दिन MOTORHEAD-" We Care Camp" सञ्चालन गर्ने भएको छ । 

हाल काठमाडौं उपत्यकामा बालाजु, धोवीघाट र सल्लाघारीमा मोटरहेडको थ्रीएस सेन्टर रहेको कम्पनीले जनाएको छ । यी सबै सर्भिस सेन्टरमा हुने सर्भिस क्याम्पमार्फत ग्राहकलाई पूर्ण सन्तुष्टि दिने लक्ष्य राखिएको सर्भिस हेड विवेक पञ्जियार बताउँछन् । सो अवसरमा दक्ष इन्जिनियर र मेकानिक्सद्वारा विभिन्न चेकजाँच गरिने छ । 

ग्राहकलाई सर्भिस चार्जमा ५० प्रतिशत, पार्ट्स खरिदमा १५ प्रतिशत र लुब्रिकेन्टको खरिदमा ५ प्रतिशत छुट प्रदान गरिनुका साथै विशेष उपहार समेत प्रदान गरिने बताइएको छ । 

मोटरहेडले हालै धादिङ र मन्थलीमा थ्रीएस सेन्टरको शुभारम्भ गरेको छ । यो भन्दा पहिले काठमाडौं उपत्यकाको धोविघाट, टेकु, चाबहिल, बालाजु र सल्लाघारी तथा उपत्यका वाहिर इटहरी, चितवन, बुटवल, पोखरा, सुर्खेत र बाग्लुङमा थ्रीएस सेन्टर रहेको छ । 

नेपाली बजारमा मोटरहेडका विभिन्न ७ मोडलका बाइक उपलब्ध छन् । ती मध्ये टेक्कन २५० को मूल्य ३ लाख ९५ हजार, एमएच २०० एक्सको मूल्य ३ लाख ७५ हजार र स्क्र्याम्बलर २५० को मूल्य ४ लाख ५५ हजार रुपैयाँ छ । 

त्यसैगरी एक्स टर्कको मूल्य ३ लाख ८० हजार रुपैयाँ छ । अन्य मोडलमा मोटरहेड स्पोर्ट्स अफरोड टयर र स्पोर्ट्स रोड टायरको मुल्य क्रमशः ३ लाख ६८ हजार र ३ लाख ७० हजार पर्छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ । हालै भित्रिएको नयाँ एमएच १५० को मूल्य २ लाख ९५ हजार रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस