aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ताभन्दा बढी शेयर विक्रीमा आउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ११ भदौ २०७८
लुम्बिनी जनरल इन्स्योरेन्सको १ लाख २२ हजार कित्ताभन्दा बढी शेयर विक्रीमा आउने

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको १ लाख २२ हजार २८७ कित्ता संस्थापक शेयर भदौ १८ गतेदेखि लिलामीमा आउने भएको छ । सन्राइज बैंकको स्वामित्वमा रहेको उक्त शेयर असोज १ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्न सकिने गरी लिलामीमा आउने भएको हो । 

यो शेयरको न्यूनतम मूल्य रू. ४२१ दशमलव ६३ तोकिएको छ । बोलकबोल गर्दा तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी न्यूनतम १ हजार कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र असोज ४ गते विहान ११ बजे विक्री प्रबन्धक सन्राइज क्यापिटलको कार्यालय कमलपोखरी, काठमाडौंमा खोलिने जानकारी कम्पनीले दिएको छ ।
 

प्रतिक्रिया दिनुहोस