aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

अजोड इन्स्योरेन्सद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २५ असार २०७६
अजोड इन्स्योरेन्सद्धारा बिद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

काठमाडाैं । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिकोत्सव अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सोमबार श्री मंगल माध्यमिक विद्यालयलाईका बद्यार्थीका लागि शैक्षिक सामाग्री वितरण गरेको छ ।  

अजोड इन्स्योरेन्स लि. का नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र थापाबाट शैक्षिक सामाग्री वितरण गरेको थिया ।

उक्त कार्यक्रममा विद्यायलय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण महर्जन, विद्यालयका प्रधानध्यापक, कृष्ण हरि कार्की, अजोड इन्स्योरेन्सको तर्फबाट नायब प्रबन्धक, गोविन्द प्रसाद ढकाल र बरिष्ठ सहायक, उषा बस्नेत समेतको उपस्थिती रहेको थियो । 

उक्त कार्यक्रममा विद्यालयका प्रधानध्यापक कृष्ण हरि कार्कीले विद्यालयलाई शैक्षिक सामाग्री वितरण गर्नू भएकोमा अजोड इन्स्योरेन्स लि. परिवारलाई धन्यबाद ज्ञापन गर्दै आगामी दिनमा यस्तो सहयोगको अपेक्षा राखेको बताए । 
 

प्रतिक्रिया दिनुहोस