
एजेन्सी । दैनिक १० लाखसम्म कमाई गर्दै आएका शिल्पा सेट्टिका पति राज कुन्द्रा अहिले प्रहरी हिरासतमा छन् । तर, बाहिर रहेकी शिल्पा भने काममा फर्किसकेकी छिन् ।
आफूलाई बलियोरुपमा प्रस्तुत गर्ने प्रयत्नमा उनी रहिरहेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सो प्रयत्न अनुसार हालै उनले सामाजिक सञ्जालमा एउटा किताबको सकारात्मक उद्धरण शेयर गरेकी छिन् ।
सिमोन दि बेभुअरको एक पुस्तकमा उल्लेखित भनाई सार्वजनिक गर्दै उनले लेखेकी छिन्–हामी जिन्दगीमा ‘पज’ बटम थिच्न सक्दैनौँ । हरदिन गणना हुन्छ चाहे हामी मुस्किल समयमा हौँ या सहजतामा हौँ । धेरै पटक हामीले समयलाई छोडिदिनु पर्छ । जब हामी तनाव महसुस गर्छौ । चाहे जे सुकै होस हाम्रो जीवन चलिरहन्छ । हामीसँग केबल समय छ । बाँकी केही पनि छैन । त्यसैले जीवनका हरेक पललाई बाच्नु नै सह ठहर्छ ।
राज कुन्द्राको गिरफ्तारी पछि शिल्पा सुपर डान्सर च्याप्टर ४ को सुटिङमा एक महिनासम्म गइनन् । १० दिनअघि देखि उनले फेरि त्यसमा जजको भूमिका निर्वाह गर्न थालेकी छिन् ।
यसबिच राज कुन्द्राले जेलबाट बाहिरिन गरेका सबै प्रयास बिफल बन्दै आएका छन् । उनलाई जमानतमा रिहा गर्न अदालतले मनेको छैन । बरु यस घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको सङ्ख्या ११ पुगिसकेको छ ।
राज कुन्द्राको कम्पनीमा काम गर्ने चार जना कर्मचारीहरू उनी विरुद्ध साक्षीका रूपमा अदालतमा उपस्थित हुन तयार रहेको क्राइम ब्रान्चलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।
प्रतिक्रिया दिनुहोस