
काठमाडौं । भारतबाट नेपालमा भित्रिने तरकारी तथा फलफूलको विषादी परिक्षणमा नेपाल सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले १८ असार गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्नका लागि आदेश दिएको हो ।
१८ असारमा सरकारले तयारी नपुगेको भन्दै विषादी परीक्षण गर्ने निर्णय आफ्नै निर्णय फिर्ता लिएको थियो । मंगलबार अधिवक्ता भद्रप्रसाद नेपाल(स्वगत नेपाल)ले दायर गरेको रिटमाथि बुधबार सुनुवाइ गर्दै सर्वोच्चले तत्काल विषादी परीक्षण नगर्ने सरकारको निर्णय उपभोक्ता संरक्षण ऐन २०७५ र मुलुकी अपराध संहिता २०७४ विरुद्ध रहेको वा नरहेको प्रश्न उठेको भन्दै कार्यान्वन नगर्न आदेश दिएको छ । असार ३० गते रीट निवेदनकर्ता र सरकार दुबैलाई छलफलका लागि सर्वोच्चले बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस