aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ भदौ २०७८
अरुण काबेली पावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । अरुण काबेली पावरले प्रस्ताव गरेको १७ दशमलव ८९ प्रतिशत लाभांश सुरक्षित गर्ने भदौ १३ गते आइतवार अन्तिम दिन रहेको छ । कम्पनीले यस वर्ष १७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । 

लाभांश सहित शतप्रतिशत हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गर्न कम्पनीले भदौ २६ गते ११ औं वार्षिक साधारण सभा आव्हान गरेको छ । कम्पनीको भदौ १ गतेको सञ्चालक समितिको बैठकले कम्पनीको प्रधान कार्यालय ट्रेड टावर, थापाथली, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । 

कोभिड महामारीलाई ध्यानमा राखी कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी गरेको छ । सभाले १७ प्रतिशत बोनस पश्चात कायम चुक्तापूँजीको आधारमा १ बराबर १ को अनुपातमा हकप्रद शेयर विक्री गर्ने प्रस्ताव पारित गर्नेछ । 

हाल कम्पनीको संचालक समितिमा ७ जना संचालकहरु रहेकाले उक्त संख्यालाई घटाएर ५ जनामा सीमित गर्ने निर्णय पनि सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले भदौ १५ गतेदेखि २५ गतेसम्म बुक क्लोज गर्ने भएकाले भदौ १४ गते श्रीकृष्ण जन्माष्ठमीको विदाका कारण शेयर कारोबार नहुने भएकाले भदौ १३ गतेसम्म शेयर कायम गर्नुपर्ने भएको छ । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब ५८ करोड ५६ लाख ५० हजार रहेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीले रू. ७० करोड ६७ लाख ६ हजार बराबरको विद्युत विक्री गरेको छ । विद्युत विक्री आम्दानी बढेको कम्पनीको खुद नाफा अघिल्लो वर्षभन्दा १६८ दशमलव ३८ प्रतिशत बृद्धि भएको छ । 

कम्पनीले गत वर्षको चौथो त्रैमाससम्म रू. २८ करोड ९७ लाख ९१ हजार खुद नाफा गर्न सफल भएको हो । उक्त अवधिसम्म कम्पनीको जगेडा कोष रकम भने रू. २९ करोड २२ लाख ५८ हजार कायम भएको छ । गत चौथो त्रैमाससम्म कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी रू. १८ दशमलव २८ र प्रतिशेयर नेटवर्थ रू. ११८ दशमलव ४३ रहेको छ ।
 
 

प्रतिक्रिया दिनुहोस