aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

जोशी हाइड्रोपावर ३५ लाख ७१ हजारभन्दा बढी नोक्सानीमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १३ भदौ २०७८
जोशी हाइड्रोपावर ३५ लाख ७१ हजारभन्दा बढी नोक्सानीमा

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म जोशी हाइड्रोपावर रू. ३५ लाख ७१ हजारभन्दा बढी खुद नोक्सानीमा रहेको छ । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनी १ करोड ८४ लाख ५६ हजार रुपैयाँभन्दा बढी खुद नोक्सानीमा रहेको कम्पनीले गत वर्ष नोक्सानी घटाएको हो ।     

गत वर्ष कम्पनीको विद्युत विक्री आम्दानी समेत बढेको छ । अघिल्लो वर्ष  १ करोड ६४ लाख रुपैयाँभन्दा बढी विद्युत विक्री आम्दानी गरेको कम्पनीले गत वर्ष रू. ३ करोड ६३ लाखभन्दा बढी यो आम्दानी गरेको छ । गत वर्ष आयोजना लागत पनि अघिल्लो वर्षभन्दा कम भएको छ । अघिल्लो वर्ष  ७१ लाख ६४ हजार रुपैयाँभन्दा बढी आयोजना लागत रहेकोमा गत वर्ष  ३१ लाख ३९ हजार रुपैयाँमात्र आयोजना लागत रहेको छ ।  

अघिल्लो वर्ष ७१ लाख ४७ हजार रुपैयाँभन्दा बढी सञ्चालक नाफा गरेको कम्पनीले गत वर्ष ३ करोड ८ लाख रुपैयाँभन्दा बढी यो नाफा गरेको हो । सञ्चालन नाफा बृद्धि भएसँगै कम्पनीको खुद नोक्सानी घटेको हो ।      

हाल कम्पनीको चुक्तापूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ । चौथो त्रैमाससम्म कम्पनीको जगेडा कोष रकम ५ करोड ७३ लाख रुपैयाँभन्दा बढी ऋणात्मक रहेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ८४ दशमलव ५७ र प्रतिशेयर आम्दानी रू. शून्य दशमलव ९५ ऋणात्मक रहेको छ ।    

प्रतिक्रिया दिनुहोस