aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२ लाख तलब हुने इजरायलको भाषा परिक्षा भदौ २८ गते हुने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ भदौ २०७८
२ लाख तलब हुने इजरायलको भाषा परिक्षा भदौ २८ गते हुने

काठमाडौं । इजरायलमा वैदेशिक रोजगारीका लागि जाने कामदारका लागि लिखित परिक्षा यही भदौ २८ गते हुने भएको छ । वैदेशिक रोजगार विभागले इजरायलका लागि आवेदनमा रित पुगेका दरखास्तवालाहरुको प्रक्रिया पूरा भएको परिक्षा भदौ २८ गते दिउँसो १ बजे काठमाडौं उपत्यकाका विभिन्न परीक्षा केन्द्रमा भौतिक रुपमै लिखित परीक्षा हुने भएको हो ।

लामा सयमपछि खुलेको इजरायलको रोजगारीमा धेरै आकर्षण भएतापनि विश्वव्यापी फैलिएको कोरोना महामारीले गर्दा इजरायलको रोजगारी रोकिएको थियो । इजरायलको रोजगारी पनि सरकारी तवरबाट नै कोटा निर्धारण गरिएर इजरायली भाषा हिब्रोको परिक्षा लिएर मात्र इजरायलले कामदार लिने गरेको छ । इजरायल रोजगारीमा जाने कामदारले करिब २ लाख रुपैयाँ पारिश्रमिक पाउनेछन् ।

वैदेशिक रोजगार विभागले इजरायलका लागि १ हजार कामदार लैजाने भन्दै यही साउन १२ गते देखि ३२ गते सम्म दरखास्त आह्वान गरेको थियो । जसमा १० हजार आवेदन दिएको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस