aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

प्रदेश नम्बर दुईमा २,९०,६६९ हेक्टरमा सिंचाइ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, १५ भदौ २०७८
प्रदेश नम्बर दुईमा २,९०,६६९ हेक्टरमा सिंचाइ पुग्यो

काठमाडौं । प्रदेश नम्बर दुईको कुल सिंचित क्षेत्रफल ०.१९ प्रतिशतले वृद्धि भई २,९०,६६९ हेक्टर पुगेको छ । नेपाल राष्ट्र बैंकले गरेको एक सर्वेका अनुसार आ.ब. २०७७÷७८(साउन–पुस) मा यो प्रदेशमा सिंचाइको क्षेत्रफल ०.१९ प्रतिशतले वृद्धि भएको हो । 

गत बर्षको सोही अवधिमा यस्तो सिंचित क्षेत्रफल ५.५५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकको रिपोर्टमा उल्लेख छ  । कुलोद्वारा सिंचित क्षेत्रफलमा ०.२२ प्रतिशतले, नहरद्वारा सिंचित क्षेत्रफलमा ०.१० प्रतिशत, पोखरीद्वारा सिंचित क्षेत्रफलमा ०.६८ प्रतिशत र बोरिङद्वारा सिंचित क्षेत्रफलमा ०.४५ प्रतिशतले वृद्धि भएको छ । 

 अन्य श्रोतद्वारा सिंचित क्षेत्रफलमा ४१.४६ प्रतिशतले कमी आएको छ । गत बर्षको सोही अवधिमा कुलोद्वारा सिंचित क्षेत्रफलमा ०.०४ प्रतिशतले, नहरद्वारा सिंचित क्षेत्रफलमा १०.२० प्रतिशतलेर पोखरीद्वारा सिंचित क्षेत्रफलमा ०.०१ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस