aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

अपागंता भएकाहरुलाई १० प्रतिशत आईपीओ सुनिश्चितता गर्न माग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ भदौ २०७८
अपागंता भएकाहरुलाई १० प्रतिशत आईपीओ सुनिश्चितता गर्न माग

काठमाडौं । अपाङ्गता भएकाहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा सुनिश्चितताको माग गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आङ छोङ्बा शेर्पाले अपाङ्गता व्यक्तिहरूलाई आईपीओमा १० प्रतिशत हिस्सा छुट्टाएर सुनिश्चितता गर्न माग गरेका हुन् । 

शेर्पाले म्युच्युअल फण्ड, कर्मचारीलाई पनि आईपीओको प्रतिशत छुट्टाईएको भन्दै अपांगहरुलाई पनि केही प्रतिशत छुट्याउन माग गरे । उनले भने,‘म्युच्युअल फण्ड तथा कर्मचारीलाई आईपीओको प्रतिशत छुट्याईएका छ, तर अपांगहरुलाई छैन, हामीलाई पनि ५ देखि १० प्रतिशतसम्म छुट्टाउनुपर्छ ।’

उनले धेरै संघ÷संस्थाहरुले विदेशबाट रकम ल्याएर आफ्नो दानापानीको व्यवस्था गर्ने भएकोले आफु कुनै संघ÷संस्थामा आवद्ध नभएको समेत बताए । शेर्पाले उमेरमै आईपीओ बारेमा जानकारी पाउने मौका नपाएको भन्दै आधा उमेर बितेपछि बुझेर सबै अपांगहरुको लागि केही गर्न खोजेको बताए ।

प्रतिक्रिया दिनुहोस