aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

नेपाल हाइड्रो डेभलोपरले गत चौथो त्रैमाससम्म कमायो २ करोडभन्दा बढी नाफा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ भदौ २०७८
नेपाल हाइड्रो डेभलोपरले गत चौथो त्रैमाससम्म कमायो २ करोडभन्दा बढी नाफा

काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म रू. २ करोड १० लाखभन्दा बढी खुद नाफा गरेको छ । भदौ १६ गते सार्वजनिक कम्पनीको उक्त अपस्किृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षभन्दा गत वर्ष खुद नाफा २६ दशमलव ३९ प्रतिशत कम भएको हो । अघिल्लो वर्ष यस अवधिसम्म कम्पनीले रू. २ करोड ८५ लाखभन्दा बढी खुद नाफा गरेको थियो ।

गत वर्ष विद्युत विक्री आम्दानी २९ दशमलव ८८ प्रतिशत घटेको छ । अघिल्लो वर्ष रू. १० करोड ४२ लाख ५० हजार बराबरको विद्युत विक्री गरेको कम्पनीले गत वर्ष रू. ७ करोड ३० लाख ९८ हजार बराबरको विद्युत विक्री गरेको हो । विद्युत विक्री लागत अघिल्लो वर्षभन्दा १ दशमलव ६९ प्रतिशत बढी भएको छ । अघिल्लो वर्ष रू. १ करोड ४२ लाखभन्दा बढी विद्युत विक्री लागत रहेकोमा गत वर्ष रू. १ करोड ४४ लाखभन्दा बढी रहेको छ ।

विद्युत विक्री आम्दानी घटेसँगै कम्पनीको सञ्चालन नाफा अघिल्लो वर्षभन्दा २० दशमलव २५ प्रतिशत कम भएको छ । अघिल्लो वर्ष रू. ८ करोड ९७ लाख ३२ हजार रहेको सञ्चालन नाफा गत वर्ष रू. ७ करोड १५ लाख ६० हजार रहेको छ ।

१५ प्रतिशत बोनस शेयर मार्फत चुक्तापूँजी बढाएर रू. २९ करोड ९० लाख पु¥याएको कम्पनीको जगेडा कोष रकम रू. २ करोड ९२ लाख ९६ हजार रहेको छ । गत चौथो त्रैमाससम्म कम्पनीको प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ४ र प्रतिशेयर नेटवर्थ रू. १०९ दशमलव ८० रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस