aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

बर्जर पेन्ट्सले ल्यायो “बर्जर फेस्टिभ राइड” योजना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १६ भदौ २०७८
बर्जर पेन्ट्सले ल्यायो “बर्जर फेस्टिभ राइड” योजना

काठमाडौँ। आसन्न महान चाड दशैं र तिहारलाई लक्षित गर्दै बर्जर पेन्ट्सले एक नयाँ उपभोक्ता योजना “बर्जर फेस्टिभ राइड” प्रारम्भ गरेको छ। जुन योजना यही भाद्र १५ गतेदेखि लागू हुनेछ । यो प्रवद्र्धन योजना अन्तर्गत उपभोक्ताहरुले छानिएका ब्राण्डहरुको खरीदमा १०० वर्ग फिट क्षेत्रफल बराबरको डिजाइनर वाल पेन्ट् पक्का उपहार प्राप्त गर्नेछन् ।

बर्जर पेन्ट्स नेपालमा २ दशकभन्दा धेरै अघिदेखि सजावटी पेन्टहरुमा एक चिरपरिचित ब्राण्ड रहँदै आएको छ।  यसले आफ्ना नवीनतम उत्पादन एवं विशिष्ट सेवाहरुका साथ प्रविधिको क्षेत्रमा अग्रणी स्थान ओगटेको छ । यसले ल्याएको नयाँ योजना अनुसार एकजना भाग्यशाली विजेताले गोला प्रथाद्वारा बम्पर उपहारमा नयाँ ब्राण्डको यामाहा एफ जेड २५ मोटरसाइकल जित्न सक्नेछन् । 

यसैगरी अन्य आकर्षक उपहारहरुमा एकजनालाई यामाहा फेसिनो १२५ एफआई स्कूटर, २ जनालाई सामसुङ्ग एस२१ मोबाइल र ५० जनालाई सामसुङ्ग एम ०२ मोबाइलहरु प्रदान गरिनेछ । यसका साथै योजनामा उपभोक्ताहरुले रँगाइएको आफ्नो घरको बाहिरी भागको फोटो बर्जरको वेभसाइटमा अपलोड गरेर डिजिटल प्रतियोगीतामा सहभागीता जनाउन पनि सक्नेछन् । 

यसरी सहभागी भएका प्रतियोगीहरु मध्ये उत्कृष्ट २८ घरधनीहरुलाई नगद पुरस्कार प्रदान गरिनेछ । योजनाका बारेमा थप जानकारी लिन इच्छुक गाहकहरुले नजिकैको बर्जर डिलरमा सम्पर्क राख्न सक्नेछन् । यो योजना बर्जर ब्राण्डका वेदरकोट लङ्ग लाइफ, वेदरकोट अलगार्ड फेमिली, वेदरकोट एन्टि डस्ट, वेदरकोट च्याम्प, सिल्क ब्रेथ इजी, सिल्क ग्ल्यामर, सिल्क लक्जरुी र इजी क्लिन रेन्जको उत्पादनहरु खरीद गर्दा लागू हुने कम्पनीले जनाएको छ ।

बर्जर पेन्ट्सले सदैव आफ्ना उपभोक्ताहरुको आवश्यकता प्रति प्रतिबद्धता दर्शाएको छ र आफ्ना उपभोक्ताको सन्तुष्टिको स्तरलाई पूरा गर्न वातावरण मैत्री बाहिरी तथा भित्री उत्पादन गर्ने दाबी गरेको छ । नेपालमा ग्रीन पेन्टको अवधारणा पहिलो पटक बर्जर पेन्ट्सले नै ल्याएको हो र अहिले पनि कुनै किसिमका लेड, मर्करी तथा क्रोमियम जस्ता हानिकारिक तत्वहरु नमिसाइएको पनि उत्पादकको दाबी छ ।
 

प्रतिक्रिया दिनुहोस