
काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने भदौ १७ गते बिहीवार अन्तिम दिन रहेको छ । अपि पावरले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट चुक्ता पूँजीको १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ शून्य दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
उक्त बोनस शेयर वितरण पश्चात कायम चुक्ता पूँजीको १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि कम्पनीले गरेको छ । कम्पनीले प्रस्तावित लाभांश सहित अन्य विविध प्रस्ताव पारितका भदौ २५ गते १८ औं वार्षिक साधारण सभा आव्हान गरेको छ ।
उक्त सभा प्रयोजनका लागि कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुने भएका हुन । कम्पनीको प्रधान कार्यालय, ट्रेड टावर थापाथलीमा बिहान ११ बजे सभा आव्हान गरिएको हो । कोभिडको जोखिमलाई ध्यानमा राखी भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।
प्रतिक्रिया दिनुहोस