aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

टिभिएसको दशैंतिहार तथा छट अफरः १० लाख नगददेखि प्रोटोन कारसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
टिभिएसको दशैंतिहार तथा छट अफरः १० लाख नगददेखि प्रोटोन कारसम्म

काठमाडौं । दसैंतिहार तथा छठ अफरमा टिभिएसले १० लाखसम्म जित्न सक्ने अफर ल्याएको छ । साथै ६ प्राइजको सरप्राइज योजना समेत रहेको कम्पनीले जनाएको छ । टिभिएसको सवारी साधन खरीद गर्नेले भने १० लाख रुपैयाँसम्म नगद पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार दैनिक रियलमी सी २० स्मार्टफोन पाउने छन् । कम्पनीले हरेक साता शतप्रतिशत क्यासब्याक अफर समेत राखेको टिभिएसको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ ।

टिभिएसका वाइक र स्कुटर खरिद गर्नेले कम्पनीबाट ६ पटकसम्म उपहार जित्ने अवसर समेत रहेको टिभिएसको नेपालको अधिकृत बिक्रेता जगदम्बा मोटर्सले जनाएको छ । कम्पनीले वम्पर उपहारमा प्रोटोनको सागा कार राखेको छ । कम्पनीमा इन्क्वारी गर्नेे मात्र पनि रियलमी स्मार्टफोन र अपाचे आरआर ३१० जित्ने मौका पाउने छन । यो योजना बुधबारबाट कार्यान्वयन भएर चाडपर्व अन्त्य भएपछि सकिने कम्पनीले जनाएको छ ।

योजना अन्तर्गत ग्राहकले टिभिएसको वाइक र स्कुटर नकिने पनि एक लाख रुपैयाँ जित्न सक्ने कम्पनीले जनाएको छ। त्यसका लागि अनलाइन tvsnepal.com/dashain को वेवसाइटमा गएर बाइक तथा स्कुटर खरिद गर्न पर्ने हुन्छ । ग्राहकले कुनै वाइक वा स्कुटर खरीद गरेमा शतप्रतिशत क्यासब्याक दिने कम्पनीको योजना रहेको छ । कम्पनीले हरेक महिना टिभिएस अपाचे आरआर ३१० उपहार समेत  छ ।

प्रतिक्रिया दिनुहोस