
काठमाडाैं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात,मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न Þ“सूर्या लाइफ केयर” पुरक करार सार्वजनिक गरेको छ ।
यो ऐच्छिक सुविधाबाट वीमितले क्यान्सर, हृदयघात, स्ट्रोक, कोर्नरी आर्टरी बाइपास सर्जरी,हर्ट–भल्भ सर्जरी, मृगौला फेल लगायत १८ घातक रोगहरु मध्ये कुनै एक रोगबाट पिडित भएको प्रमाणित भएमा पुरक करारको शर्तहरुको अधिनमा रहि मुल बीमाङ्कको आधारमा एकमुष्ठ रु ५० लाख सम्म भुक्तानी गरिनेछ ।
भविष्यमा आइपर्ने सम्भावित घातक रोगहरुबाट हुने आर्थिक भारबाट सुरक्षित हुने उत्तम उपाय नै सूर्या लाइफ केयर एैच्छिक सुविधा रहेको छ । ग्राहकले बीमालेख खरिद गर्ने समयमा वा बीमितले बीमा बार्षिकोत्सबमा मुल बीमाङ्क बराबरको यो सुविधा लिन सक्ने जनाएको छ ।
विषेशताहरुः
न्युनतम बीमाशुल्कमा १८ घातक रोगहरुको रक्षावरण;
सूर्या लाइफ केयर सम्बन्धी पुरक करार बीमितहरुको सहजता लाई मध्येनजर गरि कम्पनीबाट जारी भएका सबै बीमालेखहरुमा यो सुविधा उपलब्ध गराइएको छ ।
यो पुरक करार प्रचलनमा ल्याउनु अगावै बीमालेख लिइसकेका बीमितहरुलाई समेत ध्यानमा राखेर बीमा वार्षिकोत्सबमा चालु बीमालेखमा यो सुविधा लिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस