aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

एक महिनामै २ अर्ब ७४ करोडको बीमालेख बिक्री

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
एक महिनामै २ अर्ब ७४ करोडको बीमालेख बिक्री

काठमाडौं । बीमा कम्पनीहरुले चालू आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका छन् । बीमा समितिले बिहिबार सार्वजनिक गरेको बीमा क्षेत्रको विवरणमा चालू आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ७४ करोड बीमालेख बिक्री गरेका हुन् ।  

समितिका अनुसार चालु आर्थिक वर्ष २०७७/७८ को पहिलो एक महिना साउनमा बीमा कम्पनीहरुले बीमिालेख नविकरण बापत १३ अर्ब ७८ करोड शुल्क उठाएका छन् । त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना साउनमा जीवन बीमा कम्पनीहरुले १६ अर्ब ६१ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् ।   

त्यस्तै, निर्जीवन बीमा कम्पनीहरुले पनि चालु आर्थिक वर्षको पहिलो महिना साउनमा २ अर्ब ९९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका छन् । उक्त बीमा शुल्क २ लाख ४१ हजार ८३७ वटा बीमालेख बिक्री गरेवापत संकलन गरेका हुन् । 
 

प्रतिक्रिया दिनुहोस