aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

यामाहा चाडपर्व अफरः स्योर सट ८ हजारदेखि १२ तोल सुनसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १७ भदौ २०७८
यामाहा चाडपर्व अफरः स्योर सट ८ हजारदेखि १२ तोल सुनसम्म

काठमाडौं । नेपालीहरु माझ अत्यन्त लोकप्रिय रहेको यामाहा मोटर साइकल तथा स्कूटरहरुको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजद्वारा नेपालीहरुको महान चाड दशैं तिहारको शुभकामना सहित एक विशेष उपभोक्ता योजना रेस फर द एस अफर शुरु गरेको छ । यो अफर यही भदौ १६ गतेदेखि यामाहा बाइक तथा स्कूटरको खरीदमा लागू गरिएको छ ।

योजना अन्तर्गत उपभोक्ताहरुले यामाहा खरिद गर्दा तत्कालै स्योर सट उपहारमा ८,००० रुपैयाँदेखि १ लाख रुपैयाँसम्मको नगद पुरस्कार छुट प्राप्त गर्न सक्नु हुनेछ भनें लक्की ड्रमा हरेक हप्ता एक जनाले ४ तोला सुनको एक्का तास जित्न सक्नु हुनेछ । यतिमात्र हैन बम्पर पुरस्कार त झन् खास रहेको छ र बम्पर पुरस्कार विजेता उपभोक्ताले लक्की ड्रको भन्दा ३ गुणा ज्यादा अर्थात् १२ तोला सुनको एक्का तास जितेर रेस फर द एसको सर्वाधिक भाग्यशाली विजेताको ताज पहिरिन सक्नु हुनेछ ।

नेपालभरका सबै यामाहा शोरुमहरुमा संचालित देशव्यापी उपहार योजनाको बारेमा जानकारी दिंदैं एमएडब्लुका बजार प्रबन्धक राजु क्षेत्री  ले भने “हामी सधैं उपभोक्ताहरुका लागि उत्साहजनक योजना तथा सेवाहरु उपलब्ध गराउन तत्पर रहन्छौं ।  सबैभन्दा राम्रो उपहार योजना हामीले उपभोक्ताहरु समक्ष पेश गरेका छौं । यो योजनाबाट हाम्रा उपभोक्ताहरु लाभान्वीत हुनु हुनेछ भन्ने विश्वास लिएका छौं ।”

प्रतिक्रिया दिनुहोस