aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने सडक बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
पहिरोले अरुण तेस्रोको विद्युत् गृहस्थल जाने सडक बन्द

सङ्खुवासभा । पहिरोले सङ्खुवासभामा निर्माणाधीन ९०० मेगावटको अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने छ्याङ्कुटी–दिदिङ सडकखण्ड अवरुद्ध भएको छ । बिहीबार राति पहिरो खस्दा अरुण तेस्रोको विद्युत् गृहस्थल जाने छ्याङ्कुटी–दिदिङ सडकखण्डको चिचिला गाउँपालिकामा सडक अवरुद्ध भएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिए । 

लगातारको वर्षापछि छ्याङ्कुटी–दिदिङ सडकका विभिन्न स्थानमा पहिरो खसेको छ । छ्याङ्कुटी–दिदिङ खण्ड अवरुद्ध हुँदा अरुण तेस्रो आयोजनाको विद्युत् गृहस्थल पुखुवा जाने सवारी साधनबीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडकखण्डको पहिरो हटाउन शुक्रबार दिउँसोदेखि नै थालिएको प्रजिअ पौडेलले बताए ।

 पहिरो हटाउन अरुण तेस्रो आयोजनाको दुई वटा स्काभेटरले काम गरिरहेको प्रजिअ पौडेलले बताए । उनका अनुसार शनिबार दिउँसोसम्म पहिरो हटाउने कामसकेर सडक पुनः सञ्चालन गरिने छ । रासस

प्रतिक्रिया दिनुहोस