aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
आइएमई जनरलले ४० प्रतिशत हकप्रद शेयर निष्कासन गर्दै

काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ४० प्रतिशत हकप्रद शेयर निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले १० बराबर ४ को अनुपातमा रू. ४६ करोड ३० लाख ३४ हजार ४०० बराबरको ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद शेयर निष्कासनको लागि भदौ १७ गते बोर्डमा निवेदन दिएको हो ।

 यो हकप्रद विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब १५ करोड ७५ लाख ८६ हजार रहेको छ । सोही पूँजीको आधारमा कम्पनीले ४० प्रतिशत हकप्रद शेयर विक्रीको तयारी गरेको हो । गत चौथो त्रैमाससम्म कम्पनीले रू. २३ करोड ४६ लाखभन्दा बढी खुद नाफा गरेको छ । 

उक्त अवधिसम्म कम्पनीको जगेडा कोषमा रू. २४ करोड ९९ लाखभन्दा बढी रकम रहेको छ । गत चौथो त्रैमाससम्म रू. १ अर्ब ५२ करोड ११ लाखभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेको कम्पनीले १ लाख २८ हजार ५५ ओटा बीमालेख जारी गरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. २० दशमलव २७ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६२ दशमलव ७४ छ ।
 

प्रतिक्रिया दिनुहोस