aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

ज्योति लाईफ र इसेवाबीच सम्झौता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
ज्योति लाईफ र इसेवाबीच सम्झौता

ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको जारी  बीमालेखहरुको नविकरण शुल्क भुक्तानी इसेवाबाटै गर्न सकिने भएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स् कम्पनी लिमिटेडले ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यस कम्पनीबाट प्रदान हुने सेवालाई प्रविधिमैत्री, अझ प्रभावकारी तथा सहज बनाउन इसेवासंग भएको सम्झौता अनुरुप सफल परिक्षण पश्चात यो सेवा ग्राहकहरुको लागि सुचारु गरिएको छ ।

ज्योति लाईफका बीमितहरुले बीमालेखको नविकरण शुल्क भुक्तानी इसेवाका कुनै पनि जोन पोइन्ट  तथा वीमित आफैले पनि आफ्नो ईसेवा एपबाट मोबाईल तथा कम्प्युटरबाट अनलाइन भुक्तानी गर्न सक्नेछन् । 

प्रतिक्रिया दिनुहोस