
काठमाडौं । बागमती प्रदेशमा गत आर्थिक वर्ष २०७७/७८मा फलफूल तथा मसलाको समग्र उत्पादन २.३ प्रतिशतले बढेको छ । स्याउ उत्पादन १४.१ प्रतिशत, मसलाको उत्पादन ०.४ प्रतिशत, चिया उत्पादन ०.९ प्रतिशत, कफी उत्पादन १.७ प्रतिशतलेर अन्य फलफूलको उत्पादन ८.० प्रतिशतले बढेको छ भनेसुन्तला उत्पादन ०.८ प्रतिशतले घटेको छ ।
गत वर्षको सोही अवधिमा आँप उत्पादन ७.२ प्रतिशत, केरा उत्पादन १.० प्रतिशत, चिया उत्पादन ६.२ प्रतिशत, कफी उत्पादन १.० प्रतिशत र स्याउ उत्पादन १६.० प्रतिशतले बढेको थियो भने सुन्तला उत्पादन २.० प्रतिशत, मसला उत्पादन २.२ प्रतिशत र अन्य फलफूल उत्पादन ०.३ प्रतिशतले घटेको तथ्यांक शुक्रबार नेपाल राष्ट्र बैंकले जारी गरेको विवरणमा जनाइएको छ ।
यस प्रदेशमा आर्थिक वर्ष २०७७/७८ को पहिलो ६ महिनाको कुल फलफूल तथा मसलाको उत्पादनमा मसला (अदुवा, वेसार आदि) उत्पादनको हिस्सा ३०.६ प्रतिशत रहेको छ भने चिया उत्पादनको हिस्सा ०.१ प्रतिशत रहेको छ । यसैगरी, फलफूलमध्ये सुन्तला उत्पादनको हिस्सा कुल फलफूल तथा मसला उत्पादनको २१.५ प्रतिशत रहेको छ भने स्याउ उत्पादनको हिस्सा कुल फलफूल तथा मसला उत्पादनको०.५ प्रतिशत रहेको छ ।
खाद्य तथा अन्य बालीको उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी १७.८ प्रतिशत र भक्तपुर जिल्लाको हिस्सा सबैभन्दा कम २.८ प्रतिशत रहेको छ । तरकारी तथा बागवानी उत्पादनमा काभ्रेपलाञ्चोक जिल्लाको हिस्सा सबैभन्दा बढी २६.१ प्रतिशत र रसुवा जिल्लाकोहिस्सा सबैभन्दा कम ०.५ प्रतिशत रहेको छ ।
यसैगरी, फलफूल तथा मसला बालीको उत्पादनमा सिन्धुली जिल्लाको हिस्सा सबैभन्दा बढी १६.८ प्रतिशत रहेको छ भने भक्तपुर जिल्लाकोहिस्सा सबैभन्दा कम १.६ प्रतिशत रहेको छ ।
प्रतिक्रिया दिनुहोस