aarthiknews.com आइतबार, ०१ असार २०८२   Sunday, 15 June, 2025
 

शेयर बजारमा हुने ‘अनसिन ग्याम प्लानर’को साथले यसरी ‘बिग बुल’ बने हर्षद

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १९ भदौ २०७८
शेयर बजारमा हुने ‘अनसिन ग्याम प्लानर’को साथले यसरी ‘बिग बुल’  बने हर्षद

काठमाडौं । १९९२ स्क्यामका नामले चिनिएको भारतको शेयर बजारको घोटाला अझै पनि शेयर बजारमा चर्चाको विषय बनिरहेको छ । भारतमा ९० को दशकमा आर्थिक क्षेत्रमा धेरै परिवर्तनसंगै त्यहाको धितोपत्र बजारको आधुनिक कारोबार शुरू भयो ।  १९९१ मा तत्कालीन अर्थमन्त्री मनमोहन सिंह र प्रधानमन्त्री पीवी नरसिंह रावले एउटा ठूलो निर्णय लिए । यो निर्णय नयाँ आर्थिक नीति लागू गर्नको लागि थियो । विश्वको लागी भारतमा लगानीको ढोका खोल्नको लाति निजीकरण र विदेशी लगानीको प्रोत्साहनको नीति थियो । 

यो एक समय थियो जहाँ मानिसहरु पैसाको बारे मा भ्रमित थिए । यस्तो अवस्थामा भारतीय बैंकिङ प्रणालीमा रहेको कमजोरीलाई फाइदा उठाउँदै शेयर बजारका कारोबारको घोटाला आयो जसले सिंगो देशलाई हल्लायो । १९९२ को यो घोटाला कति ठूलो थियो । यो यसबाट अनुमान लगाउन सकिन्छ कि यस पछि भारतीय धितोपत्र बजारमा भएको उक्त घोटलाले नियामक निकाय नै स्थापना गर्न परेको थियो । 

उनी थिए भारती शेयर बजारलाई एक सयम आफ्नो मुठ्ठिमा लिएर कारोबार गर्ने हर्षद शान्तिलाल मेहता २९ जुलाई १९५४ भारतको गुराजटको राजकोटमा जन्मेका थिए । उनले केही समय रायपुर छत्तीसगढमा बिताएका थिए । तर, उनको भाग्यले उनलाई सपनाको शहर मुम्बइमा ल्याइपुर्यायो । मुम्बई जो त्यसबेला बम्बई थियो । बीकम गरेपछि हर्षद एक बीमा कम्पनीमा सेल्सको जागिर खाए ।  तर, उनले यो खाली जागीरका लागि जागीर मात्रै गरेका थिए । बीमा कम्पनीको जागीरमा उनी रमाइनन र उनी शेयर व्यापारमा छिरे । उनले एउटा शेयर ब्रोकरेज फर्ममा जागिर पाए । यस फर्मका निर्देशक प्रसन्न परजीवनदासलाई हर्षले आफ्नो गुरु मानेर शेयर बजार बारे बुझ्न थाले । 

१९८४ मा उनले आफ्नै कम्पनी खोलेर बम्बई स्टक एक्सचेन्जको सदस्यता लिए । ९० को दशक अन्त्यमा आउँदै थियो ।  तर हर्षदको प्रसिद्धि बढ्दै गयो । ९० को दशकमा नै उनका ठूलो ठूला तस्विर सहित हरेक पत्रिकामा अन्तरवार्ता र समाचारहरु आउन थाले । ठूला मानिसहरु उनीसंग भेट्नलाई ठूलो जमान लाइनमा बस्थ्यो । सबै जान्न चाहन्थे कि हर्षद मेहताको शेयर बजारबाट कमाइरहेको रहस्य के हो ।

हर्षदले जुन शेयरको स्क्रिप्थ छुन्थे त्यो सुनको मूल्यमा पूग्थ्यो । हर्षदको मूल्य शेयर बजारमा हिराभन्दा बढी थियो । तर हर्षद मेहताको रहस्य बुझ्न को लागी उनको काम गर्ने तरिका बुझ्नु पर्छ। जब उनले एसीसीको शेयरमा लगानी लगाउदै गर्दा बजार मूल्य २०० भारु थियो । छोटो समयमा नै त्यो शेयरको मूल्य ९ हजार भारुसम्म पुग्यो । सोच्नुहोस् त्यो रहस्य के थियो ? जब देशको बैंकिङ प्रणाली हल्लायो जब हर्षदको रहस्य  खोलियो ? उसले के गर्यो कि शेयर बजार उडाया े? र यो खुलासा गर्ने व्यक्ति को थिए ?

टाइम्स अफ इन्डियाकी पत्रकार सुचेता दलालले हर्षदको शेयर बजारका लगानीबाट कमाइरहेको रहस्या खोलिन  । पछि, देबाशिष बसुको साथमा उनले यो पूरै एपिसोडको नाममा एक किताब पनि लेखे ’द स्क्याम’ समेत प्रकाशित भयो । तर उनी १९९२ हर्षद मेहताको रहस्यमा बैंकहरुको ठूलो हात रहेको रहस्य खुल्यो । उनले बैंकले १५ दिनको लागि ऋण लिए र अर्को १५ दिनमा पैसा फिर्ता गर्नेगरेको खुल्यो । हास्यास्पद कुरा यो हो कुनै बैंक १५ दिनको लागी ऋण दिन्छ ?

हर्षदले आफ्नो शेयर बजारमा काम गर्दागर्दै बैंकिङ प्रणालीमा रहेका सबैसँग राम्रो परिचय बनाएका थिए । जब बैंकहरुलाई नगद चाहिन्छ, उनीहरु अन्य बैंकहरुसंग सरकारी बण्ड राखेर अर्को बैंकबाट ऋण लिने गरेका थिए ।  तर वास्तविकतामा ऋण लिदा एउटै कागजबाट सबै बैंकबाट ऋण लिने गरेका थिए । यो काम बिचौलियाहरु मार्फत गर्थे ।  हर्षद मेहताले बैंकिङ प्रणाली रहेको यो कम्जोरीको फाइदा राम्रैसँग उठाए ।  यसरी रकम लिएपछि उनीसँग शेयर बजारमा लगानी गर्न पैसाको कमी थिएन । उनले यो पैसा दुबै हातले बजारमा राखे र करोडौं नाफा कमाए । यो रकम कति हो भन्ने कुरा कसैलाई थाहा छैन । 

शेयर बजार लगातार उचाइहरु छुँदै थियो र एकै साथ हर्षद मेहताको घमण्ड पनि बढ्दै थियो ।  यो समय थियो जब देशको अर्थव्यवस्था परिवर्तनको अवधिको जाँदै थियो । निजीकरण र विदेशी लगानी बढ्दो थियो । जबसम्म बजार बढ्न जारी रह्यो । मेहताको हाइहाइ पनि बढ्दै गयो । तर, एक दिन आयो जब शेयर बजार ढल्यो । मेहता बैंकहरुलाई पैसा फिर्ता गर्न सकेनन् र त्यसपछि यो ’हर्षद मेहता केस’ खोलियो । यस प्रकरणपछि, न्यूयोर्क टाइम्समा एक लेख प्रकाशित भएको थियो जसमा बिजनेस टुडे लेखक देबाशिष बसुले भनेका थिए, ‘समस्या मेहता हैनन । यो भारतीय अर्थव्यवस्थाको इतिहासमा एक अनौठो समय हो जब पुराना पानाहरु फालिएको छन ।र, नयाँ पाना खोलिन्छन त्यस्ता क्षणहरुमा स्क्यामरहरु आफ्नो घेराबाट बाहिर आउँछन् ।’

सुचेता दलाल एक पत्रकारको कलमले त्यो काम गरेको थियो जो हर्षदको रिस गर्नेहरुले पनि गर्न सक्दैनथे । दलाल स्ट्रीटदेखि संसदसम्म यो घोटालाको चर्चा अहिलेसम्म पनि भइरहेको छ ।  जब मुद्दा चल्यो, एक संयुक्त संसदीय समिति गठन गरीएको थियो । नेपालको बजारमा पनि केहि व्यक्तिहरु हर्षद मेहताको बाटोमा जान खोरिहेका छन् । यसको खोज खबर सबैले नजिकबाट नेगरानी राखौं । 
 

प्रतिक्रिया दिनुहोस