
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ १९ गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
हाल कम्पनीको चुक्तापूँजी ८७ करोड ६८ लाख ११ हजार २०० रुपैयाँको आधारमा ९ करोड २२ लाख ९६ हजार रुपैयाँ बराबरको लाभांश वितरण गर्न लागेको हो । सञ्चालक समितिले प्रस्ताव गरेको यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।
प्रतिक्रिया दिनुहोस