
काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडको ३६ दशमलव ५ प्रतिशत बोनस शेयर कर नतिरेसम्म फ्रिज रहने भएको छ । कम्पनीले सोमवार सुचना जारी गर्दै बोनस शेयर वापतको कर जम्मा नगरेसम्म उक्त बोनस शेयर फ्रिज गरिएको जानकारी दिएको हो । आफ्नो हक वापतको बोनस शेयर अनफ्रिज गर्न सम्बन्धित शेयरधनीहरुले कर तिर्नुपर्ने भएको छ ।
कम्पनीले गत असार २९ गते सम्पन्न १५औं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर भदौ २ गते नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको छ । सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा कर वापतको रकम बुझाईसकेपछि मात्र बोनस शेयर जम्मा गरिने व्यवस्था भएकाले कर रकम जम्मा गर्न कम्पनीले भनेको हो ।
कम्पनीले बोनस शेयर वापतको कर रकम कम्पनीको बैंक अफ काठमाडौंको कमलपोखरीमा रहेको खाता नम्बर ०१०००००६३५१७५२४ मा जम्मा गर्न अनुरोध गरेको छ । कर रकम जम्मा गर्दा अनिवार्य रुपमा आफ्नो हितग्राही खाता खुलाउन समेत कम्पनीले आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस