
काठमाडौं । सिनर्जी पावर डेभलपमेण्ट लिमिटेडको अध्यक्षमा इन्द्र बहादुर थापा चयन भएका छन् । कम्पनीको भदौ १८ गते बसेको सञ्चालक समितीको बैठकले अध्यक्षमा थापालाई चयन गरेको हो । सोही बैठकले कम्पनीको प्रबन्धक सञ्चालकमा सुरेन्द्र बहादुर खड्कालाई समेत नियुक्त गरेको छ ।
भदौ १८ गते सम्पन्न वार्षिक साधारण सभामा एक जना महिला सहित ६ जना सञ्चालकको निर्वाचन गर्नुपर्ने व्यवस्था बमोजिम कुनै पनि महिला शेयरधनीको उम्मेदवारी नपरेकाले उक्त पदमा नरु के.सी कार्की लाई नियुक्त गरिएको जानकारी कम्पनीले गराएको छ ।
हाल कम्पनीको सञ्चालक समितीको अध्यक्षमा इन्द्र बहादुर थापा, प्रबन्ध सञ्चालकमा सुरेन्द्र बहादुर खड्का र सञ्चालकहरुमा अरुण सिंह बस्नेत, प्रकाश कुमार अधिकारी, गोपाल प्रसाद आचार्य र निरु के.सी कार्की रहेको छन् ।
प्रतिक्रिया दिनुहोस