
काठमाडौं । एनएलजी इन्स्योरेन्सले जारी गर्न लागेको ६० प्रतिशत हकप्रद शेयरले इक्रा नेपालबाट ग्रेड ३ रेटिङ पाएको छ । ग्रेड ३ रेटिङले कम्पनीको आधारभुत पक्ष औषतमा रहेको संकेत गर्दछ । कम्पनीले पूँजी वृद्धिका लागि ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद शेयर जारी गर्ने प्रस्ताव कम्पनीले साधारण सभाबाट पारीत गरेको छ । १००रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार कित्ता हकप्रद शेयर जारी गर्र्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी ६४ करोड ४ लाख रुपैयाँ रहेको छ । ६० हकप्रद प्रतिशत हकप्रद निष्कासन पछि पूँजी १ अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस