
काठमाडौं । वरिष्ठ वैज्ञानिक डा. देवीबहादुर बस्नेत गैर आवासीय नेपाली संघ (एनआरएनए) सचिवमा उम्मेदवारी दिएका छन् । उनले त्रिभुवन विश्वबिद्यालयबाट जैविक रसायन विज्ञानमा क्यान्सर निको पार्ने केमिकलको बारेमा अनुसन्धान गरेर स्नातकोत्तरको अध्ययन पुरा गरेका छन ।
डा. बस्नेतले दक्षिण कोरिया स्थित सनमुन विश्वविध्यालयबाट एन्टिवायोटिक उत्पादन गर्ने ब्याक्टेरियाको जिनहरुको पहिचानमा अनुसन्धान गरेर विद्यावारिधि प्राप्त गरेका हुन् । त्यस लगत्तै अनुसन्धानकर्ताको रुपमा कोरियाकै प्रतिष्ठित ईवा वोमनस विश्वविधालयमा कार्यरत रहदै एक दर्जन भन्दा बढी रास्ट्रिय तथा अन्तर्राष्ट्रिय सोध पत्रहरु प्रकाशित गरिसकेका छन् ।
हाल डा. बस्नेत दक्षिण कोरियाको प्रतिष्ठित कम्पनी मेडीटोक्स कोरियामा वरिष्ठ वैज्ञानिकका रुपमा कार्यरत छन् । उनी विगत १५ वर्षदेखि सामाजिक कार्यमा सक्रिय छन् । नेपाली समाजलाई कसरी विकास गर्न सकिन्छ भनेर उनले विभिन्न संघसंस्था रहेर काम गर्दै आइरहेका छन् । डा. बस्नेत गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय समिति कोरियाको सस्थापक उपसभापतिको रुपमा कोरियामा एनआरएन अभियानको शुरुवात गर्नेमध्ये एक हुन् ।
एनआरएनए कोरियामा महासचिव भै कार्यभार कुशलता पुर्वक सम्पन गरेका डा. बस्नेतले तीन कार्यकाल संरक्षकको भूमिका पनि निभाईसकेका छन् ।बुद्ध नेपाल अभियानको कोरियाबाट शुरु भएको अभियानमा “बुद्ध वर्न इन नेपाल” को नाराबाट अगाडि बढेको थियो । अन्य देशहरुमा समेत यसको प्रभाव पारेको थियो । उनी यस अभियानको प्रमुख संयोजकमध्ये एक थिए । एनआरएनए कोरियाले विभिन्न समयमा गर्ने लगानी सेमिनार, माइग्रेंटहरुका लागि परामर्श कार्यक्रमहरुको पनि संयोजन गर्ने गरेका डा.बस्नेत कोरियामा नेपाली माझ सामाजिक सेवामा सक्रिय छन् ।
तीन पटक एनआरनएनए आइसीसी सदस्य रहेका डा. बस्नेत समग्र एनआरएनए अभियानमा सक्रिय भएर लागि रहेका छन् । डा. बस्नेतले गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिका विभिन्न टास्क फोर्समा सिप, ज्ञान, नविकरण ९एसकेआई० सीएएआरएफसी मा रही सफलतापुर्वक कार्यसम्पादन गरिसकेका छन् । गत वर्ष २०२०मा एसिया प्यासिफिक ज्ञान सम्मेलनको संयोजक भइ, सम्मेलन सफलता पुर्वक सम्पन्न गरेका थिए भने पहिलो र दोस्रो विश्व विज्ञ सम्मेलनमा संचालन समितिको सदस्य रहेका थिए ।
प्रतिक्रिया दिनुहोस