aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

‘सुजुकी पर्वोत्सव अफर’मा दुई लाखसम्म जित्न सकिने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २१ भदौ २०७८
‘सुजुकी पर्वोत्सव अफर’मा दुई लाखसम्म जित्न सकिने

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंगस अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले  यस वर्षको दशैं तिहारका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ । 

सीजी होल्डिंगस अटोमोटिभ डिभिजनले ग्राहकले दुई लाख रुपैयाँ बराबरको नगद छुट, एक लाख पचास हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, बीस हजार रुपैयाँसम्म लोयोल्टी बोनस, १ वर्षको सवारी बीमा र स्क्र्याच कार्ड मार्फत पचहत्तर हजारसम्म अतिरिक्त छुट पाउने छन् । साथै क्लियरन्स मोडेलमा विशेष छुटको व्यवस्था रहेको छ ।

यो योजना नेपालभरका सुजुकी गाडीका ३८ वटै शोरूमहरुमा लागू हुने कम्पनीले जनाएको छ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन ।

सुजुकी ब्रान्डले एस्प्रेसो, वागेन आर्, इग्निस्, स्विफ्ठ्, बलेनो, डिजाएर, सिआज्, ब्रेज्जा, एस्क्रस्, एर्टिगा, एक्स्एल सिक्स्, इको, इको कार्गो र सुपर क्यारी गरी नेपालमा सबैभन्दा बढी गाडीका मोडेलहरु विक्री बितरण गर्दै आएको छ । यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस