
काठमाडौं । यो वर्ष पनि सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने भएको छ । यो वर्षको निजामती कर्मचारी दिवसका अवसरमा दिइने सर्वोकृष्ट निजामती सेवा पुरस्कार नदिइने भएको कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी गराएका हुन ।
सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले ४० जनालाई निजामती पुरस्कार दिने निर्णय गरेको छ । उक्त निर्णयमा सरकारले यस वर्ष सर्वोकृष्ट निजामती नै नभेटेको कानुनमन्त्री कार्कीले जानकारी दिए ।
सरकारले निजामती कर्मचारी दिवसका दिन सरकारले एक जनालाई सर्वोकृष्ट, १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार गरी ४१ जनालाई पुरस्कार दिने भएको छ । सर्वोकृष्ट निजामतीमध्ये सर्वोत्कृष्ट निजामती पुरस्कार २ लाख रुपैयाँ, उत्कृष्ट १ लाख र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँ राशीको रहेको छ ।
प्रतिक्रिया दिनुहोस