aarthiknews.com शनिबार, १८ जेठ २०८२   Saturday, 31 May, 2025
 

हुन्डाईको चाडवर्प स्कीमका विजेतालाई गाडीको साँचो हस्तान्तरण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २२ भदौ २०७८
हुन्डाईको चाडवर्प स्कीमका विजेतालाई गाडीको साँचो हस्तान्तरण

काठमाडौं । हुन्डाईको आधिकारीक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले अघिल्लो वर्षको चाडवर्प स्कीम ‘यसपालीको दशैं तिहार, वेलकम टु हुन्डाई परिवार’ योजनामा सहभागी ग्राहकहरु मध्येबाट ग्राण्ड आई १० नियोस म्याग्ना विजेता कुपन नम्बर १४४५ का  श्यामप्रसाद पौडेल र हुन्डाई अउरा (एस) विजेता चेतनारायण सापकोटा (कुपन नम्बर १६१७) लाई गाडीको साँचो हस्तान्तरण गरिएको छ ।  

उक्त लक्की ड्र साउन ११ (जुलाई २६) गते हिमालयन टेलिभिजनबाट प्रत्यक्ष प्रशारण मार्फत बिजेता छनोट गरिएको थियो । कोभिड १९ को दोस्रो लहरको कारण सम्पूर्ण जनजिवन नै अस्तव्यस्थ भएकोले गतवर्षको लक्की ड्र केही ढिलागरी भएको हो ।   

साथै, भदौ २४ गते बिहिवारबाट आउँदै गरेको चाडपर्वलाई लक्षित गर्दै ‘हुन्डाई फेस्टीभ डिलाइट २०७८’ ग्राहकमाझ प्रस्तुत गरेको छ । हुन्डाईले विगतमा पनि सधैँ आफ्ना ग्राहकसँग जोडिन यस्ता किसिमका ग्राहक केन्द्रित योजना ल्याउने गरेको थियो ।  

यस वर्ष पनि ग्राहकले विगतमा जस्तै नगद छुट, बम्पर उपहारको साथ थुप्रै स्कीम पाउनु हुनेछ । हामी लक्ष्मी हुन्डाई सधैँ ग्राहकलाई उत्कृष्ट अफर र खरिद एक्स्पीरियन्स प्रदान गर्दै आएका छौं । त्यही कारण हुन्डाई ब्राण्ड चाहने ग्राहक पनि बढ्दै गएका छन् । 

‘हुन्डाई फेस्टीभ डिलाइट–२०७८’ योजनामा ग्राहकले गाडी किन्दा आकर्षक नगद छुट, स्क्र्याच कुपनबाट नगद जित्ने मौका, बम्पर उपहारमा एक जनालाई ‘अल न्यू हुन्डाई आई २०’ एक वर्षको बीमा, वार्षिक कर लगायत धेरै किसिमका छुट पाउन सक्ने छन् ।  

यस योजनामा गाडी किन्नेलाई हुन्डाईले आफ्ना सबै गाडीमा ३ वर्षको वारेन्टी, ४ वर्षको निःशुल्क सर्भिस सुविधा, निःशुल्क ओनरसिप ट्रान्सफर सुविधा प्रदान गर्नेछ । विश्वकै पाँचौ ठूलो कार निर्माता हुन्डाई ग्राहकलाई उत्कृष्ट सेवा दिन सधैँ तत्पर रहेको छ । विश्वभर करोडौं सन्तुष्ट ग्राहक, न्यून मर्मत सम्भार खर्च र उत्कृष्ट डिजाइनका कारले ग्राहकलाई आफुसँग जोड्न सफल हुँदै आएको छ । 

लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपालका विभिन्न सहरमा १३ वटा शोरुम र १७ वटा सर्भिस सेन्टर मार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।
 

प्रतिक्रिया दिनुहोस