aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

सानिमा लाइफको ६० करोडको आइपीओ आउँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २६ असार २०७६
सानिमा लाइफको ६० करोडको आइपीओ आउँदै


काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्स साधारण शेयर (आइपीओ) निष्कासनका लागि सम्झौता गरेको छ । विहीबार सानिमा लाइफ र  प्रभु क्यापीटलबीच शेयर निश्कासन सम्वन्धि संझौता भएको छ। 

  सानिमा लाईफ इन्स्योरेन्सको सर्वसाधारणको लागि छुटयाइएको शेयर सार्वजनिक निश्काशन गर्ने सम्वन्धि संझौत भएको हो । सानिमा लाईफका महाप्रबन्धक शिवराम तिमिल्सीना र क्यापीटलका प्रमुख कार्यकारी अधिकृत भोला प्रसाद पाठकले सो संझौतामा हस्ताक्षर गरेका छन ।

 संझौता अनुशार सानिमा लाईफले सर्वसाधारणको लागी जारी गर्ने ६० करोड रुपैयाँ रकम बराबरको शेयर सार्वजनिक निष्काशन सम्वन्धि सम्पुर्ण कार्य बिक्रि प्रबन्धकको रुपमा प्रभु क्यापीटलले गर्नेछ  । हाल कम्पनीको चुक्ता पुजी १ अर्व ४० करोड रहेकोमा उक्त रकम बराबरको शेयर निष्काशन पश्चात कम्पनीको चुक्तापुँवी  बीमा समितिले तोकेबमोजीम  २ अर्ब  पुग्ने छ । 
 

प्रतिक्रिया दिनुहोस