aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थलाईवीले ओटीटी प्लेटफर्ममा पायो ५५ करोड भारु, कंगना दंग

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २३ भदौ २०७८
थलाईवीले ओटीटी प्लेटफर्ममा पायो ५५ करोड भारु, कंगना दंग

एजेन्सी । बलिउड नायिका कंगना रनौटको फिल्म थलाईवी शुक्रबार सेप्टेम्बर १० तारिकका दिन रिलिज हुँदै छ । भारतमा धेरै सिनेमा घरहरूले स्थान नदिने जालसाझि गर्दै गरेको यो सिनेमालाई नेटफ्लिक्स र अमेजन प्राइममा भने राम्रै मूल्य तिरेर रिलिज गर्ने भएका छन् । 

भारतकी चर्चित राजनीतिक नेतृ तथा तमिलनाडूकी मुख्यमन्त्री जल ललिताको भूमिकामा कंगना यो सिनेमा देखा परेकी छिन् । उनले आफ्नो सिनेमा रिलिज गर्न हिचकिचाइरहेका हल मालिकहरूलाई सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै उनका लागि सहज वातावरण बनाउन बाध्य पारेकी छिन् । 

अहिले फिल्म हलसँगै ओटीटी प्लेटफर्ममा समेत उनको फिल्म रिलिज हुने भएको छ । ओटीटी प्लेटफर्मका लागि थलाईवी ५५ करोड भारतीय रुपैयाँमा बिक्री भइसकेको छ । जम्मा ९० करोड लागतमा बनेको यो सिनेमा हलहरूमा प्रदर्शन गरेर लागत उठाउन पाउने आफ्नो अधिकार रहेको उनले दाबी गर्दै भिडियो सार्वजनिक गरेकी छिन् । त्यसपछि ओटीटीमा समेत निकै उच्च मूल्य प्राप्त गर्न थलाईवी सफल भएको हो । 

ए.एल विजयको निर्देशनमा बनेको यो फिल्ममा कंगनाका लगायत अरविन्द स्वामी, नसर, भाग्यश्री, राम अर्जुन र मधुवालाले पनि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका छन् । 

 

 

प्रतिक्रिया दिनुहोस