
काठमाडौँ। के तपाइले कहिले कल्पना गर्नु भएको छ कि जे सोच्नु हुन्छ तपाइको कारले त्यो आफैँ गरोस् ? कारका झ्याल स्वचालित रूपबाट खुल्ने र बन्द हुने। रेडियोमा जुन च्यानल सुन्न चाहन्छौँ त्यो आफैँ बज्ने। वा कुनै पनि बटन नथिची फोन कलको जवाफ दिन मिल्ने ? वा, तपाई जहाँ जान जानुहुन्छ कार आफैँ त्यहाँ जाने।
अहिले सम्म यस्तो फिल्महरूमा मात्र देखिँदै आएको छ । तर, अब भने मर्सिडीजले यसलाई वास्तविकतामा परिणत गरेको छ। कम्पनीले एक मस्तिष्क कम्प्युटर समेत जडान गरिएको भिजन एभीटीआर पेस गरेको छ। जसमा यी सबै आधुनिक सुविधाहरू उपलब्ध हुनेछन्। यस्ता अनौठा र रोचक सुविधाहरू भएका कारहरू जर्मनीको म्यूनिखमा आयोजित अटो सो मा प्रदर्शन गरिएको छ। यस्ता केही कारहरूबारे यहाँ चर्चा गरिएको छ।
मर्सिडीज भिजन एभीटीआर
यो कारको धेरै भेरियन्तहरु मात्र सोचद्वारा नियन्त्रण गरिन्छ। प्रयोगकर्ताले मस्तिष्क कम्प्युटर इन्टरफेस लगाएर डिजिटल ड्यासबोर्डमा स्थापित सेन्सरमा ध्यान केन्द्रित गरे पुग्छ । कारको एआई टेक्नोलोजीले ब्रेनवेभको विश्लेषण गर्नको लागी तपाईँको फोकसमा के छ पत्ता लगाउने काम गर्छ। त्यसले मानिसले सोचेको कुरा आदेशको रूपमा लिन्छ। अनि जे मानिसले सोच्यो त्यही गर्छ।
हुण्डाई प्रोफिसी
यो कारको लामो समयदेखि चर्चा चल्दै आएको थियो। तर, यो पहिलो पटक सो मा पेस गरिएको छ। स्टेरिङको सट्टा चालकको सिटको दुवै छेउमा जयस्टिक दिइएको छ। यसको एयर कन्डिसन प्रणालीले वायुमण्डलबाट लिइएको हावा सफा गर्छ र कारमा पठाउँछ। आराम मोडमा कारमा बसेका मानिसहरूले ड्यासबोर्डमा नै बाहिरी दृश्य हेरेर आनन्द उठाउन सक्ने छन्। किनकि त्यो समयमा ड्यासबोर्ड एक स्क्रिनमा परिणत हुन्छ।
फक्सवागन आइडी लाइफ
यो एक अन्तर्राष्ट्रिय अवधारणामा आधारित कम्प्याक्ट कार हो। यसमा एक भिडियो गेम कन्सोल र प्रोजेक्टर छ। त्यहाँ एक प्रक्षेपण स्क्रिन पनि छ। जुन ड्यासबोर्ड प्यानलबाट आवश्यकता अनुसार विस्तारित हुन्छ। यस कारलाई गेम वा चलचित्र लाउन्जमा रूपान्तरण गर्न सकिन्छ। यसको छत अलग गर्न सकिन्छ । यसले चालु भएको ७ सेकेन्डमा १०० किमी प्रति घण्टाको गति प्राप्त गर्दछ। एक पटक चार्ज गरेपछि यो ४०० किमी सम्मको यात्रा गर्न सक्छ । सन् २०२५ सम्म यो कार बजारमा आउनेछ।
प्रतिक्रिया दिनुहोस