aarthiknews.com शुक्रबार, १७ जेठ २०८२   Friday, 30 May, 2025
 

निशानले दक्षिण एसियामा ग्रीन मिशन सेसन आयोजना गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
निशानले दक्षिण एसियामा ग्रीन मिशन सेसन आयोजना गर्ने

काठमाडौं । विश्व विद्युतीय गाडी दिवसको उपलक्ष्यमा निसान कम्पनीले नेपाल, भुटान र श्रीलंकाको बजारमा विद्युतीय सवारी साधनको सहज उपलव्ध गराउन र भविष्यमा दिगो वातावरणीय स्थिति कायम राख्न ख्ष्चतगब िक्भककष्यल को आयोजना गरेको छ ।

नेपाल र भुटानमा पर्याप्त जलविद्युतको उपलब्ध भएकोले वातावरणीय एवं आर्थिक पक्षमा दरिलो वातावरण संरक्षणको संभावना छ निशानको उद्देश्य यस क्षेत्रको अधिकतम जनताका लागि उपयुक्त सवारी साधन उपलब्ध गराउने, सामाजिक आर्थिक लाभ दिलाउने र दिगो पनि हुने देखिन्छ ।

नेपाल सरकारको अग्रगामी चिन्तनको निति अनुरुप कार्वन उत्सर्जन कम गर्ने र विद्युतीय सवारी साधनलाई अधिकतम उपयोग गर्ने रहेको छ । निसानले नेपालका लागि हालै मात्र शून्य प्रदूषणमा आधिारित लिफ ईभी निसान कार प्रारंभिक चरणमा विशेष छुट मूल्य अर्थात ५९ लाख ९९ हजार रुपैया उपलब्ध गराएको छ । 

निसान लिफ ई भी विद्युतीय सवारी साधन सन् २०१० मा उत्पादन भएको थियो । निसान लिफ गाडीले समग्रमा  २.५ विलियन किलोलिटरको यात्रा तय गरिसकेका छन्, जसले १.२ मिलियन टन कार्वन घटाउन मद्दत पु¥याई सकेको छ । यसको तुलना गर्दा ९ करोड रुखबाट पाईने अक्सिजन सँग गर्न सकिन्छ । 

निसान इण्डिया अप्रेशन का अध्यक्ष श्री सिनान ओजकोक भन्छन – हाम्रो उद्देश्य कमै मात्रामा वातावरणीय असर गर्ने सवारी साधन उपलब्ध गराएर ग्राहकको जीवनस्तर उठाउने रहेको छ । त्यसैको सन्दर्भमा शून्य प्रदूषणमा आधारित निसान लिफ दक्षिण एशियाको बजारमा उधपलन्ध गराउन लागिएको हो । यस क्षेत्रका सरकारहरु पनि ल्किन इनर्जी लक्ष्य प्राप्त गर्न लागी परेका छन्, जसलाई हामीले विगत ७० बर्ष देखि विद्युतीय सवारी साधन उपलब्ध गराएर सहयोग पु¥याई रहेका छौं ।

शून्य प्रदुषणयुक्त निसान लिफ इभी निसानको मौलिक र गुणस्त्तर युक्त सवारी साधन हो । यसमा रहेको शक्तिशाली क्षमताले सवारी साधनको दुनियामा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो ७.९ सेकेण्डमा १०० कि. मि प्रतिघण्टाका दरले गुड्न सक्छ भने टप स्पीड १४० कि.मि प्रतिघण्टा छ । यसकोे संचालन खर्च सा¥है कम छ ।

निसानको साउथ एशिया विजिनेस युनिटका निर्यात प्रमुख रधुनाथ नायर भन्छन – समुदायमा गतिशीलता प्रदान गर्न निसान लिफ इभी अति उपयोगी छ र हामीले दक्षिण एशियाको बजारमा विशेष रुपमा यसको बजार प्रवद्र्धन गरिरहेका छौं । विश्वका सरकारहरु वातावरण प्रति सचेत रहेका छन् र कार्वन उत्सर्जन विरुद्ध कसरी दिगो प्रयत्न गर्न सकिन्छ भन्नेमा सक्रिय छन् । जसले गर्दा सबै मुलुक हरियालीयुक्त होस् भन्ने धारणा राख्दछन् । 

पायोनियर मोटो कर्प प्रा. लि. का प्रबन्ध निर्देशक सन्दिप कुमार शारदाले उद्धोष गर्दै प्रारम्भिक मुल्य  ५९.९९ लाख कायम गरेका छौ तथा हामीले हाल बजारबाट अत्याधिक अति राम्रो प्रतिकृया पाएको हुनाले निशान लिफको ग्राहक वर्गमा प्रत्यक्ष अनुभव गराउनको लागि भाद्र २८ गते देखि हाम्रो काठमाडौं स्थित शो–रुमहरुमा साता व्यापी टेष्ट ड्राईभको व्यवस्था गरेका छौं भने ।

निसान लिफ सवारी विद्युतीय स्टेसनमा चार्ज गर्न सजिलो छ र ग्राहकहरुले विभिन्न ठाउँमा चार्ज गर्ने सुविधा लिन सक्छन् । आफ्नै घरमा रहेको डेडिकेटेट वालमा चार्ज गर्दा १५ देखि १८ घण्टामा पूरा चार्ज हुन्छ भने छिटो चार्ज गर्न आवश्यक पर्दा चार्जिङ्ग स्टेसनमा ४० देखि ६० मिनेटमा फुल चार्ज गर्न सकिन्छ ।

निसान मोटर इण्डिया जापानको निसान मोटर कंपनीको शतप्रतिशत सहायक कंपनी हो । यो कंपनीको स्थापना २००५ मा भएको हो । यसको ह्याचव्याक, एमयूभी, एसयूभी र सेडान जस्ता सवारी साधन भारतमा बनाएको छ । यसले रिनोल्टसंग विश्वव्यापी रुपमा साझेदारी गरेको छ । भारतको चेन्नाई नजिक यसको रिसर्ज एण्ड डेभलपमेण्ट सेण्टर रहेको छ । निसान र ड्याट्शन यसका दुई ब्राण्ड हुन् ।
 

प्रतिक्रिया दिनुहोस