
काठमाडौं । तेह्रथुम पावर कम्पनीको साधारण शेयर (आइपीओ) आज बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले दिएको जानकारी अनुसार मंगलबार प्रि अलोटमेन्ट सम्पन्न भएको थियो भने आज शुक्रबार शेयर बाँडफाँड हुने छ ।
विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले शुक्रवार बिहान १० बजे आईपीओ बाँडफाँटको तयारी गरेको हो । आईपीओ प्रि अलोटमेण्ट मंगलवार सम्पन्न गरिसकेको समेत क्यापिटलले जानकारी दिएको छ ।
कम्पनीले भदौ ९ गतेदेखि १३ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छट्याएको प्रतिकित्ता रू १०० अंकित दरको रू ८ करोड बराबरको ८ लाख कित्तामध्य ५ प्रतिशत दरको ४० हजार कित्ता सामूहिक लगानीकोषका लागि बाँडफाँट गरिसकेको छ भने २ प्रतिशत दरको १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी ७ लाख ४४ हजार कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गरेको हो ।
अन्तिम दिनसम्म कम्पनीको आईपीओ खरिदका लागि करिब ४२ गुणा बढी आवेदन परेको छ । सार्वजनिक निष्कासन मार्फत विक्री गरेको शेयर सर्वसाधारणमा बाँडफाँट हुनेछ । यस आधारमा ७ लाख ४४ हजार जना आवेदकहरुले गोला प्रथाको माध्यमबाट १० कित्ताका दरले शेयर पाउने छन् ।
यो आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्म माग गर्न सकिने व्यवस्था थियो । यस कम्पनीले सर्वसाधारणमा शेयर जारी गर्नुपूर्व आयोजना प्रभावित स्थानियमा आईपीओ विक्री गरिसकेको छ । कम्पनीले आयोजना प्रभावित तेह्रथुम जिल्लाका वासिन्दाहरुलाई रू। ४ करोड बराबरको ४ लाख कित्ता शेयर विक्री गरेको हो ।
आयोजना प्रभावित स्थानिय सहित सर्वसाधारणमा रू १२ करोड बराबरको १२ लाख कित्ता आईपीओ विक्री गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट कम्पनीले असार १० गते अनुमति पाएको थियो । हाल कम्पनीको संस्थापक तर्फबाट चुक्ताभएको पूँजी रू। २८ करोड रहेको छ । कम्पनीले संस्थापकतर्फ ७० प्रतिशत शेयर स्वामित्व रहेको छ ।
कम्पनीले स्थानियमा १० प्रतिशत र कर्मचारी समेत अन्य सर्वसाधारणमा २० प्रतिशत शेयर विक्री गर्न लागेका हो । स्थायिन र आम सर्वसाधारणमा शेयर बाँडफाँट पश्चात कम्पनीको चुक्तापूँजी रू ४० करोड पुग्नेछ । यस कम्पनीले तेह्रथुम जिल्लामा ७ दशमलव ५ मेगावाट क्षमताको माथिल्लो खोरुङ्गाखोेला साना जलविद्युत आयोजना निर्माण गरी विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीले उक्त आयोजनाबाट २०७६ साल फागुन १७ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ । कम्पनीको यस आयोजनाको कुल लागत रू। १ अर्ब ३४ करोड १७ लाख १० हजार रहेको छ । आर्थिक वर्ष ०७६र७७ सम्म कम्पनी रू। ४२ लाख ७१ हजार खुद नोक्सानी व्यहोरेको छ । उक्त अवधिसम्म कम्पनीको वास्तविक प्रतिशेयर नेटवर्थ रू ८४ दशमलव ७४ र प्रतिशेयर आम्दानी रू। १२ दशमलव ९० ऋणात्मक रहेको छ ।
प्रतिक्रिया दिनुहोस