aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

सानिमामाई हाइड्रोपावरले लाभांश प्रस्ताव गर्यो, कात्तिक ७ गते साधारण सभा आव्हान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २५ भदौ २०७८
सानिमामाई हाइड्रोपावरले लाभांश प्रस्ताव गर्यो, कात्तिक ७ गते साधारण सभा आव्हान

काठमाडौं । सानिमामाई  हाइड्रोपावरले गत आर्थिक वर्ष ०७७/७८ को लागि कुल १० दशमलव ५३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको भदौ २४ गतेको सञ्चालक समितिको बैठकले १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५३ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

उक्त लाभांश प्रस्ताव पारितका लागि कम्पनीले कात्तिक ७ गते दशौ वार्षिक साधारण सभा गर्नेृ भएको छ । साधारण सभा प्रयोजनका लागि असोज १८ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा असोज १७ गतेसम्म कायम शेयरधनीहरु मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस