aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

अपि पावरको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
अपि पावरको साधारण सभा सम्पन्न, लाभांश र हकप्रद प्रस्ताव पारित

 काठमाडौं । अपि पावर कम्पनी लिमिटेडले लाभांश तथा हकप्रद शेयर निष्कासनको प्रस्ताव पारित गरेको छ । कम्पनीले भदौ २५ गते १८ औं वार्षिक साधारण सभा सम्पन्न गरी प्रस्तावित लाभांश तथा हकप्रद शेयरको प्रस्ताव पारित गरेको छ । 

कोभिडको जोखिमका विच कम्पनीले आफ्नै कार्यालय, ट्रेड टावर थापाथलीमा भर्चुअल माध्यमबाट सभा आयोजना गरेको थियो । सभाले आर्थिक वर्ष २०७७/७८ को सञ्चित मुनाफाबाट १० दशमलव ५ प्रतिशत बोनस शेयर वितरण र सोको कर प्रयोजनार्थ ० दशमलव ५५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

 उक्त बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको आधारमा १ बराबर ०.३९३६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ । हकप्रद निष्कासनका लागि आवश्यक प्रकृया पुरा गर्न कम्पनीले सभा मार्फत सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि गरेको छ । 

साधारण सभा प्रयोजनार्थ कम्पनीले भदौ १८ गतेदेखि २४ गतेसम्म बुकक्लोज गरेको छ । बुक क्लोजको आधारमा भदौ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र सभामा भाग लिन सक्नेछन् ।
 

प्रतिक्रिया दिनुहोस