aarthiknews.com मंगलबार, १४ जेठ २०८२   Tuesday, 27 May, 2025
 

नेपाल ल्यूव आयलको साधारण सभा असोज १८ गते, ३५ प्रतिशत लाभांश प्रस्ताव

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
नेपाल ल्यूव आयलको साधारण सभा असोज १८ गते, ३५ प्रतिशत लाभांश प्रस्ताव

काठमाडौं । नेपाल ल्यूव आयल लिमिटेडले असोज १८ गते ३०औं वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको कार्यालय झम्सिखेल, ललितपुरमा विहान ११ः३० बजे भर्चुअल माध्यमबाट सभा गर्ने  तयारी कम्पनीले गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्दै आर्थिक वर्ष ०७८/७९ का लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषयलाई अन्तिम रुप दिनेछ । यस वर्ष कम्पनीले ३० प्रतिशत बोनस शेयर र ५ प्रतिशत कर मेत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सो प्रस्ताव पनि सभाबाट स्वीकृत गराउने कार्यक्रम रहेको छ । साथै सर्वसाधारण तर्फबाट सञ्चालक नियुक्ति गर्ने प्रस्ताव पनि सभाका लागि तय भएको छ । साधारण सभा प्रयोजनका लागि कम्पनीले असोज ५ गतेदेखि बुक क्लोज गर्दैछ । बुक क्लोजको आधारमा असोज ४ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन् ।
 

प्रतिक्रिया दिनुहोस