aarthiknews.com विहीबार, ०९ जेठ २०८२   Thursday, 22 May, 2025
 

गुराँस लाइफ इन्स्योरेन्सकोे शेयर लिलामी हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २७ असार २०७६
गुराँस लाइफ इन्स्योरेन्सकोे शेयर लिलामी हुँदै

काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा नबिकेको शेयर साउन ४ गतेदेखि लिलामी बिक्री गर्ने भएको छ । कम्पनीले ९० हजार ५७१ कित्ता संस्थापक शेयर लिलामी बिक्री गर्न लागेको हो ।  शिलबन्दी बोलपत्र पेश गर्ने अन्तिम दिन साउन १० गतेसम्म रहेको छ । 
शेयरको न्यूनतम मूल्य प्रतिशेयर सय रुपैयाँ तोकिएको छ । सोभन्दा बढी मूल्य अंकित दरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम हजार कित्ताको लागि आवेदन दिनुपर्नेछ । सोभन्दा बढी १० अंकले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । 
 

प्रतिक्रिया दिनुहोस