aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अमेरिकामा गठन भयो सुदुर पश्चिम समाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, २७ भदौ २०७८
अमेरिकामा गठन भयो सुदुर पश्चिम समाज

काठमाडौं । सुदुर पश्चिमको कला संस्कृतिको संरक्षणसँगै प्रवर्धनका लागि अमेरिकाको केन्टकी राज्य स्थित ल्याक्सिङटन शहरमा रहेका सुदुर पश्चिमका नेपालीहरु एकिकृत भएका छन् । उनीहरुले श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा ‘सुदुर पश्चिम समाज ल्याक्सिङटन’ गठन गरेका छन् । गौरा पर्वको अबसर पारेर ल्याक्सिङटमा भएका सुदुर पश्चिमका नेपालीहरुले यो समाज गठन गरेका हुन् ।

श्रष्टा उद्धबराज उप्रेतीको अध्यक्षमा गठित सुदुर पश्चिम समाज ल्याक्सिनटनको उपाध्यक्षमा चुडामणि अबस्थि, महिला उपाध्यक्षमा रेखा जोशी, सचिबमा मानबहादुर शाह (मानव), सह सचिबमा गोविन्द अबस्थि, कोषाध्यक्षमा विनोद पन्त रहेका छन् । यस्तै सो समाजको कार्यसमिति सदस्यहरुमा प्रकाश पाण्डेय, निराजन चौधरी, अर्चना शाही, प्रकाश थापा, त्रिलोक सिंह ऐर, टेक प्रसाद न्यौपाने र विवेक ढकाल रहेका छन् ।

 समाजले त्यहाँ गौरापर्व मनाउनुका साथै एउटा देउडा गीत रेकर्ड गराएर चलचित्र निर्देशक सुमन दाहालको निर्देशनमा म्युजिक भिडियो समेत छायाँकन गरेको छ । अब यो समाजले सुदुर पश्चिमबाट अमेरिका गएकाहरुलाई एकिकृत गरेर सुदुर पश्चिमको भाषा, संस्कृत, गीत संगीतको प्रवर्धन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस