
काठमाडौं । पछिल्लो समय राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ । कम्पनीले २९ लाख ४१ हजार ४१० कित्ता आइपीओ निष्कासनका लागि भदौ ८ गते बोर्डमा निवेदन दिएको हो ।
यो आईपीओ विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले आयोजना प्रभावित स्थानिय र सर्वसाधारणमा २९ करोड ४१ लाख ४१ हजार रुपैयाँ बराबरको आईपीओ विक्री गर्न नियामक निकायसँग अनुमति मागेको हो ।
प्रतिक्रिया दिनुहोस