
काठमाडौं । इजरायलका रोजगारीमा जाने नेपालीहरुको भाषा परीक्षा आजबाट शुरु हुने भएको छ। इजरायल जान भाषा परिक्षाका लागि ९ हजारभन्दा बढीले आवेदन दिएका थिए । जसमध्ेयर ७ हजारले परिक्षा दिन पाउने छन भने २२ हजारको आवेदन अस्वीकृत भएको थियो ।
साउन १२ गतेदेखि ३२ गतेसम्म अनलाइन आवेदन दिएका ९ हजार ६ सय ९९ जनामध्येबाट लिखित परीक्षामा सहभागी हुने उम्मेदवार छनोट गरिएको थियो। इजरायल सरकार र नेपाल सरकारबीचमा सम्झौता भएपछि १ हजार नेपाली कामदार इजरायल लैजाने छ। इजरायलले दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि नेपाली श्रमिक लाने तयारी गरेको हो।
प्रतिक्रिया दिनुहोस